timthumb.phpजिल्लाको मध्य तथा पश्चिमी क्षेत्रको पहाडी गाविसमा यसवर्ष दुई करोड ५० लाख रुपैयाँकोको अलैँची उत्पादन भएको छ।
यस वर्ष १८ हजार ७ सय ५० किलो अलैँची उत्पादन भएको छ। जिल्लाका भुटार, नामेटार, इनामे, बराह तथा ठाना गाउँ, खाँबु, साउने पोखरी गाविसमा अहिले अलैँची उत्पादन सुरु भएको छ। यस्तै पश्चिमी पहाडी क्षेत्रको सिरिसे, मयङखु, हर्देनी, लेखानी, तावाश्री र लेखगाउँ क्षेत्रमासमेत अहिले अलैँची उत्पादन सुरु गरिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत रामकुमार यादवले बताए।
कार्यालयले विगत चार वर्षदेखि रामसाई, दगोलसाई र डमरसाई प्रजातिका अलैँचीको बिरुवा वितरण गर्दै आएको छ। “यसवर्ष ३० हजार अलैँचीको बिरुवा वितरण गर्ने योजना रहेको छ” उनले भने।
अहिले स्थानीय तहमा उत्पादित अलैँची किसानले सुनसरीको धरानमा लगेर प्रतिकिलो दुई हजार रुपैयाँदेखि दुई हजार ५ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्। “बजारको कुनै अभाव छैन” खाम्बु– ५ का किसान डम्बरबहादुर मगरले भने। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*