timthumb.phpकञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१० का २२ वर्षीय नवराज जोशी कृष्ण बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन् ।
व्यवस्थापन सङ्कायमा अध्ययनरत जोशीको परिचय एउटा विद्यार्थी मात्रै नभइ उनी गाउँको सबल किसानको रुपमा समेत परिचित छन्। अध्ययनसँगै साँझ÷बिहानको समयमा उनले आठ लाख रुपैयाँको लगानीमा गाईपालन थालेका छन्। उनीसंँग तीनवटा जर्सी गाई र तीन भैँसी छन्।
“पछिल्लो समय झलारी बजारमा दूध डेरी सञ्चालनमा ल्याएको छु,” उनले भने। विदेशको मोह त्यागेर स्वदेशमै व्यवसाय गर्ने उनले सोच बनाएका छन्। अपी गाईभैँसीपालन फार्म स्थापना गरेर व्यवसायमा लागेका जोशी उत्पादित दूध झलारीमै खपत हुने गरेको बताउँछन्। दैनिक ७० लिटर दूध बिक्री हुन्छ ।
दुई वर्षदेखि गाईपालन व्यवसायमा लागेका जोशीले सुरुवाती दिनमा गाउँमै उपभोक्ताको घरघरमा दूध पु¥याए । उनले आठ कट्ठा खेतमा घाँसखेती गरेका छन्। “मिहेनत गरे विदेशमा गएर पसिना बगाउनु पर्दैन”, जोशीले भने– “कृषिमा युवा आकर्षण बढाउन सरकारले प्याकेज ल्याउनुपर्छ ।” रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*