जो आफ्नै बारीमा उत्पादन गरेका अर्गानिक हप्स, आफ्नै रेष्टुरेन्टमा ल्याउँछन, अनि विभिन्न परिकार बनाएर बेच्छन्

timthumb.php

आजकाल होटल तथा रेष्टुरेन्टहरुमा पाइने खानामा ग्राहकहरुको सर्वत्र गुनासो छ। मिठो भएन, हेल्दी भएन, बासी खाना खुवाइयो र महँगो भयो। ग्राहकलाई जस्तोसुकै खाना खुवाउँ छिट्टै धेरै पैसा कमाउँ भन्ने व्यवसायी पनि छन्।

होटल तथा रेष्टुरेन्ट व्यवसायीको भीडमा यस्ता व्यवसायी पनि भेटिए जो १५ वर्षदेखि ग्राहकलाई अर्गानिक खाना खुवाउनुपर्छ भन्दै लागिपरेका छन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी गणेश ढकाल मुलुकमा अर्गानिक क्रान्ति नै ल्याउनुपर्छ भन्दै हिँडिरहेका छन्।

ढकालले एउटा टिम बनाएर मुलुकमा कसरी अर्गानिक क्रान्ति ल्याउने भन्ने अभियानमा लागेका छन् ।

सुरुआत चरणमा मेरो मात्र होइन उपत्यकाका सबै रेष्टुरेन्टले ग्राहकलाई अर्गानिक खाना खुवाउनुपर्छ ढकालले भने, अनि मात्र मानिसहरु हेल्दी हुन्छन्। काठमाडौंको दरबारमार्गमा उनको बान थाई र रोयल अष्ट्रिच रेष्टुरेन्ट छ ।

बानेश्वरमा रहेको रोयल थाइ रेष्टुरेन्ट पनि ढकालकै हो। यी ३ वटै रेन्टुरेन्टमा ढकालले अर्गानिक खाना बनाउँछन र ग्राहकहरुलाई सन्तुष्ट बनाउँछन्। बान थाइ र रोयल थाइ रेष्टुरेन्टको मुख्य विशेषता भनेको ट्रिपिकल थाइ फुड नै हो ।

त्यही थाइ फुडमा अष्ट्रिचको मासु प्रयोग गरी ग्राहकहरुलाई नौलो टेष्ट गर्न उनले केही महिनाअघि मात्र दरबारमार्गमा १ करोड भन्दा बढीको लगानीमा रोयल अष्ट्रिच रेष्टुरेन्ट संचालनमा ल्याएका छन्। अर्गानिक क्रान्तिमा लागेका ढकालले रेष्टुरेन्टमा आफ्नै फार्ममा उत्पादित भेजिटेवल र हप्सहरु प्रयोग गर्छन् । जुनमा कुनै विषादी मिसावट छैन्।

आफ्नै बारीमा उत्पादन गरेका अर्गानिक हप्स, आफ्नै रेष्टुरेन्टमा ल्याउने र अनि विभिन्न परिकार बनाउने गरेकाले रेष्टुरेन्टमा आउने ग्राहकहरु सन्तुष्ट देखिने गरेको ढकालले बताए। उनले भक्तपुर र लुभुमा गरेर १८ रोपनी जग्गा लिएका छन्।

त्यहाँ उनले अर्गानिक कृषि फार्म संचालन गरेका छन्। रेष्टुरेन्ट व्यवसायमा २४ वर्ष विताएका ढकालले ९ वर्ष अघि फार्म संचालन गरी त्यहीबाट हप्सहरु उत्पादन गरेर रेष्टुरेन्टमा ल्याउँछन् । उनी आफैँ फार्ममा गएर काम गर्छन्।

आफ्नो रेष्टुरेन्टमा पाइने खानामा अजिनोमोटो, ओइल फ्रि रहेको भन्दै स्वास्थ्थमा कुनै हानी नगर्ने ढकालले दाबी गरे।

आफ्नो हेल्थका बारेमा ग्राहकले धेरै ध्यान दिने गरेको  नपाइएको उनले सुनाए।  ‘मिठो खाउँ, छिटो जाउँ भन्ने ग्राहक धेरै छन्’ ढकालले भने ‘तर त्यो खानाले स्वास्थ्थमा कत्तिको असर गर्छ, कत्तिको हाइजेनिक छ भनेर ग्राहकले कहिल्यै ध्यान नदिने गरेको आफूले अनुभव गरेको उनले सुनाए।’

अर्गानिक खाना खान पाइने हुदाँ आफ्नो रेष्टुरेन्टमा हाइ लेवलका मानिसहरु नियमित ग्राहक भएको ढकालले दाबी गरे। परिवारिक वातावरण र भीडभाड बढी नहुने भएकाले मानिसहरु आफ्नो रेष्टुरेन्टमा आउने ढकालले बताए।

हेर्दामा थाइ फुड महँगो लागे पनि त्यो नहुने उनले बताए। ढकालले १५ वर्षदेखि आफ्नो रेष्टुरेन्टमा खानाको मूल्य बढाएका छैनन् । पहिला पहिला सबै सामान बैंककबाट ल्याउने गरेको र अहिले हप्सहरु आफ्नै फार्ममा उत्पादन हुने हुदाँ मूल्य नबढाइएको ढकालले बताए।

अहिले पनि ढकालले थाइ फुडमा लाग्ने केही  सामानहरु बैंककबाट नै मगाउँछन्। रेष्टुरेन्ट व्यवसायमा लागेका ढकालले छिट्टै काठमाडौंमा थाइ बुटिक होटल खोल्ने तयारी गरेका छन् । उनले त्यस होटलमा  सेफ थाइल्याण्डबाट नै ल्याउने बताए ।

ढकाल आफैँ  सेफ पनि हुन् । सुरुआती समयमा ढकालले काठमाडौका विभिन्न होटलहरुमा काम गरिसकेका छन्। उनले कुकमा बारेमा थाइल्याण्डमा तालिमसमेत लिएका छन्। संखुवासभाका ढकाल अहिले ४२ वर्षका भए ।

उनी १६ वर्षको उमेरमा बुबाको ५ सय चोरेर पहिलो पटक काठमाडौं आएका थिए । ५ सय लिएर आएका ढकाल कडा मिहनेतपछि अहिले ३ वटा नाम चलेका रेष्टुरेन्टका मालिक भएका छन्।  अन्य रेष्टुरेन्टमा ढकालको लगानी पनि छ ।

२ सय भन्दा बढी कर्मचारी उनको रेष्टुरेन्टमा काम गर्छन्। रेष्टुरेन्ट क्षेत्रमा लागेपछि फुडका बारेमा ज्ञान गर्दा थाइ फुड निकै हेल्दी भएका कारण आफू यतातिर लागेको ढकालले बताए।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*