timthumb.phpदाल तरकारीमा होस् या तातोपानीमा, निचोरेर खाँदा स्वादिलो हुने कागती उत्पादन हुने जिल्लाको रुपमा विकास गर्न लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँचीमा कागती अभियान सञ्चालन गरिएको छ।
गत वर्षदेखि सुरु गरिएको कागती अभियानमा यस वर्ष जिल्लाका अर्घातोष, मैदान र धनचौर गाविसमा एक गाविसमा १० हजारका दरले तीन गाविसमा ३० हजार बिरुवा लगाउन थालिएको जिल्ला कृषि विकास कार्यलय अर्घाखाँचीका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले बताए।
गएको वर्ष पनि तीन गाविस मरेङग, पटौटी र जुकेना गाविसमा १० हजारका दरले ३० हजार कागतीका बिरुवा लगाइएको अधिकृत खरेलले जानकारी दिए।
कागतीलाई धेरै रोगका घरेलु उपचारको साथै सर्वत, जुस, अचारलगायतका परिकार बनाउन पनि प्रयोग गर्न सकिने भएकोले अन्य गाविस र सन्धिखर्क नगरपालिकामा समेत कागती उत्पादनलाई अगाडि बढाउन अभियान सञ्चालन गर्न थालिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले बताए। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*