timthumb.phpखोला तथा वनपाखामा कुहिएर जाने विषालु अल्लो आम्दानी स्रोत बनेको छ।
हातखुट्टाले छुँदा पोल्ने विषालु अल्लो प्रशोधन गर्ने सीप सिकेपछि यो कृषकको आम्दानीको स्रोत बनेको हो।
 घना जङ्गल वा खोल्सामा ठूलोपात भएको लामो रेसादार विषालु काँडा भएको ‘सिस्नो’ प्रजातिको बिरुवाका रुपमा अल्लोलाई लिने गरिन्छ। पशु चौपायाले खान नसक्ने हुँदा यो प्राजाति प्रशोधन गरी धागो निकाल्ने गरिन्छ।
लघुउद्यम विकास कार्यक्रमबाट अल्लो प्रशोधन र उत्पादनमा नयाँ प्रविधि पाएपछि गाङ्खेत–१ कमलटुँडा, किमाड, नेटाखान, रुपाल गाविसको पोलेक, बगरकोट गाविसको बुर्सा लगायत ठाउँका महिला अल्लोलाई आम्दानीको स्रोत बनाउन सफल भएको बताउँछन्।
 अल्लो प्रशोधन गर्ने सीप सिकेपछि आफैँले अल्लो सङ्कलन गर्ने, कुट्ने र धागो निकाल्ने गर्ने गरेको बगरकोट सिराडका प्रकाश भाटले बताए।
अल्लो प्रशोधन गरेर निकालिएको धागाको मूल्य प्रतिकिलो एक हजारमा बिक्री हुने गरेको कृषकको भनाइ छ। जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन गरी प्रशोधन तथा धागो उत्पादन गरेर बिक्री गर्न पाउँदा आम्दानी बढेको गाङ्खेतका कृषक कुन्तीदेवी थापा मगरले बताए।
गाङ्खेत गाविसका महिला आजभोलि अल्लोको धागो प्रशोधनमा व्यस्त हुन थालेका छन्। गाङ्खेत कमलटुँडाका २६ उद्यमी अल्लोको धागो बिक्रीबाट प्रतिव्यक्ति ३० देखि ४० हजारसम्म कमाउन सफल भएका छन्। “गत वर्ष तीन क्विन्टल मात्र धागो प्रशोधन गरेका थियौँ, यस वर्ष सात क्विन्टलभन्दा बढी धागो निर्यात गरेका छौँ”– उद्यमी मगरले भने। अल्लोको धागोबाट कोट, कमिज, प्यान्ट्स, थैली, झोला, पछ्यौरा लगायत सामग्री बनाउन सकिने उनको भनाइ छ। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*