दमक (झापा)

timthumb.phpपछिल्लो समय झापामा अष्ट्रिच पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।
जिल्लामा पछिल्लो समय तीनवटा अष्ट्रिच फर्म खुलेका छन् । ती तीनवटा फर्ममध्ये धरमपुर– ७ चर्चाबारीको अष्ट्रिच फर्म जिल्लाकै ठूलो फर्म हो । स्थानीय कृष्णप्रसाद रिजालले फर्म खोलेर व्यवसाय सुरु  । उनले एक करोड रुपैयाँमा को लागतमा बुटवलबाट अष्ट्रिचका ५० वटा चल्ला ल्याएर फर्म खोलेका  हुन्।
चार बिगाहा दुई कठ्ठा जग्गामा पाथीभरा अष्ट्रिच कृषि फर्म खोलेर अहिले ५० वटा अष्ट्रिच पालिएको छ । “नयाँ व्यवसाय गर्न मन लाग्यो, अष्ट्रिच पालनमा हात हाले,” उनले भने । जिल्लाको झिलझिलेमा पेट्रोलपम्प सञ्चालन गर्दे आउनुनभएका रिजालले कृषिमा केही गर्ने सोचका साथ सो फर्मको स्थापना गरेका हुन् ।

“अष्ट्रिचको मासु कसरी खपत गर्ने भन्ने चिन्ता छ,” उनले भने । अष्ट्रिच पाल्न बुटवलबाटै घाँस ल्याएको उनले बताए । फर्म सञ्चालक दीपेश रिजालले अष्ट्रिच पालन अन्य कृषि पेसा भन्दा छुट्टै व्यवसाय भएकाले यसको व्यावसायिक विकासमा राज्यले सहयोग पुर्याउनुपर्ने बताए।

“केही गर्छु भन्ने उत्साहित युवालाई सरकारले सहुलियतमा ऋण उपलव्ध गराउनुपर्छ,” उनले बताए । फर्ममा अहिले दुईजना कर्मचारी कार्यरत छन् । अष्ट्रिचलाई खुवाउने दाना र घाँस बनाउने सबै मेसिन फर्ममै छन् । रासस

 

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*