timthumb.phpकृषि विकास मन्त्रालयले अहिले रासायनिक मलको अभाव नरहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा योगन्द्र कार्कीका अनुसार डिएपी, पोटास र युरिया मलको अभाव हुन नदिनका लागि कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनलाई करिब तीन लाख मेट्रिक टन मल आयात गर्न परिपत्र गरिएको छ ।
संस्थान र कर्पोरेसनले सरकारी अनुदानमा सो परिमाणको मल ल्याउनेछन् । अनुदानमा आएको मलमा कृषकले समेत निश्चित रकम छुट प्राप्त गर्नेछन् । मुलुकमा करिब पाँच लाख मेट्रिक टन मलको माग हुने गरेकामा नपुग मल निजी क्षेत्रका कम्पनीले आयात गरी केही महङ्गो मूल्यमा बिक्री गर्ने गर्दछन् ।
नेपालमा करिब १४ लाख २५ हेक्टर जमिन धान खेतीका लागि योग्य मानिएको छ । धान खेतीको समयमा केही मलको अभाव देखिएकाले सीमा क्षेत्रका जनताले आवश्यक मल साइकलमा ओसारेर पनि रोपाइँ सम्पन्न गरेका थिए ।
मन्त्रालयका प्रवक्ता कार्कीले सरकारी अनुदान अन्तर्गत गत आवमा करिब रु पाँच अर्ब ५० करोडको मल आयात गरिएको जानकारी दिए। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*