हरियो रंगलाईafrika-jhar विभिन्न हिसावले महत्वपूर्ण मानिन्छ । भारतमा हरियो रंगलाई फेष्टिभ कलरको रुपमा लिइन्छ । विशेष गरी महाराष्ट्रमा हरियो रंगलाई हरेक चाडपर्वमा पुजिन्छ, प्रयोग गरिन्छ । नेपालमा पनि धार्मिक र सांस्कृतिक हिसावले हरियो रंगलाई पूजिन्छ । श्राद्धदेखि पर्वपूजा देवीदेवता पूजा सम्म नारायणपाती, भिमसेनपाती, लगायतका विभिन्न पातीको नामले हरियो पत्तीहरुको प्रयोग गरिन्छ । हरियो खुसीको प्रतिक हो । हरियोले दिमागलाई शान्ति र एकाग्रता प्रदान गर्छ । हरियो प्रकृतिसंग सम्बन्धित रंग भएकोले यसलाई सबैभन्दा बढी आँखाले मन पराउँछ । आँखालाई फाइदा गर्छ । अरुको ध्यान सहजै तान्नका लागि हरियो टिका, हरियो कपडा लगाउने चलन नेपाली समाजमा व्याप्त छ । हरियो लगाउने महिनाकै रुपमा साउन महिनालाई विशेष हेरिन्छ । हरियोले दिर्घायुको पनि सन्देश दिन्छ ।
इश्लाम धर्ममा मोहम्मदको मनपर्ने रंगको रुपमा हरियो रंगलाई लिइएकोले इश्लामिक मुलुकहरुमा पनि हरियोलाई विशेष महत्व दिइन्छ । पाकिस्तान लगायतका इश्लामिक मुलुकको झण्डामै हरियोलाई विशेष सम्मान गरिएको पाइन्छ ।
पश्चिमा संस्कृतिमा हरियोलाई भाग्यसंग जोडिएर हेरिन्छ र भाग्यमानी रंग मानिन्छ । नयाँ जन्म, पुनर्उर्जाको रुपमा हरियोलाई लिइन्छ । हरियोलाई राम्रो संकेतको रुपमा अगाडि बढ्न प्रेरित गरिने भएकोले सडक बत्तीमा हरियोलाई हिँडने अगाडि बढ्ने रंगको संकेत वत्ती प्रयोग गरिएको हो । पूर्वीय संस्कृतिमा जन्म, पुर्नजन्म र उर्बरलाई संकेत गर्न हरियो प्रयोग हुन्छ । भारतमा हरियोलाई इश्लामको रंग भनिन्छ । नयाँ सुरुवात गर्ने बेलामा र हार्भेष्ट संकेत गर्ने रंगको रुपमा हरियोलाई लिइन्छ । थाइल्याण्डमा बुधबारलाई हरियो दिनको रुपमा विशेष महत्व दिएर आनन्दभोग गर्ने दिनको रुपमा लिइन्छ ।
जापानमा हरियोलाई उर्जाशील जिन्दगी र ताजापनको अनुभूती गराउने रंगको रुपमा लिइन्छ । आयरल्याण्डमा आइरिस क्याथोलिकहरुको धर्म रंग नै हरियो हो । साउदी अरबमा धनी र इज्जतीको संकेतको रुपमा हरियोलाई लिइन्छ । अमेरिकामा पैसाको संकेत र अरुले ईश्र्या गरुन् भन्ने आसय झल्काउन हरियोलाई संकेत रंगको रुपमा प्रयोग गरिन्छ ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*