आलुको बीउमा देशलाई आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद्को आलु बाली विकास शाखाले आलुको बीउको प्रभावबारे अध्ययन थालेको छ।
आलुबाली विज्ञ दानसिंह महराले आलुखेतीमा संलग्न झलारी पिपलाडी नगरपालिका–३ कोपिला आलु समूहमा आबद्ध किसानले लगाएका टिपिएर र सिविएस बीउकोे अवलोकन गरी बीउको अवस्थाबारे जानकारी लिएका थिए।
“आलुको बीउ किसानसम्म पुगे नपुगको, बीउमा रोग लागेको अवस्था, उत्पादन र बजार व्यवस्थापनबारे छलफल गरी सुधार्नु पर्ने र किसानलाई सहजरुपमा बीउ कसरी उपलब्ध गराउन सकिन्छ भन्नेबारे सुझाव लिएका छौँ” विज्ञ महराले भने।
“आलुको बीउका गुणस्तर राम्रो रहे पनि उत्पादन कम भएको, बीउ मागेको बेला नपाइने, महँगो रहेको र खेतमा रोप्ने बेला बीउ नपाइने गुनासो विज्ञ समक्ष राखेका छौँ” किसान पुरन चौधरीले भने। यहाँका २५ भन्दा बढी किसान आलुको बीउ उत्पादनमा संलग्न छन्। प्रतिवर्ष ७० क्विन्टल बढी आलुको बीउ यहाँका किसानले उत्पादन गर्दै आएका छन्।
आलु बाली विकास कार्यक्रमअन्तर्गत बर्सेनि सात लाख बढी दाना पहिलो पुस्ताको आलु बीउ किसानबाट माग हँुदै आए पनि उपलब्ध गराउन गाह्रो रहेको महराले बताए। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*