शोभाकान्त सुवेदी

‘इको(टुरिज्मरु केक्सिकन वातावरणविद्रुय हेक्टर सेवालेस र लस्कुरयानरुारा प्रथमपटक सन् १९८७ मा प्रयोगमा ल्याइएको मानिन्छ । जसको नेपाली अर्थ पर्या(पर्यटन हुन्छ । विज्ञहरुले यसलाई दिगो विकासको एक मार्ग ठानेका छन् । जसको माध्यमबाट समग्र राष्टूको सामाजिक, आर्थिक तथा वातावरणीय सुधारमा महत्वपूर्ण योगदान प्राप्त हुन्छ ।
विश्व संरक्षण संघ (आईयूसीएन) ले सापेक्षित रुपमा कम असरदार, प्रकृतिप्रति इमानदा रही संरक्षणमा सहयोग पुरुयाउनुका साथै सामाजिक, आर्थिक क्रियाकलापमा स्थानीय समुदायको सहभागितालाई मैत्रीपूर्ण प्रश्रय दिने पर्यटन गतिविधिलाई ‘इको(टुरिज्मरु भनेको छ ।
नेपालको अर्थ राजनीतिमा वातावरण केन्द्रित पर्यटन अर्थतन्त्रको भूमिका रहेको सन्दर्भमा ‘इको(टुरिज्मरुले प्राकृतिक संरक्षणको उद्देश्यलाई टेवा दिन्छ । व्यावसायिक समुदायलाई मुनाफाको प्रशस्त अवसर, स्थानीय समुदायलाई आय र रोजगारीका अवसरको सुनिश्चितता गर्छ । साथै, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय समुदाय, सरकार, पर्यटन व्यवसायी र संघसंस्थालगायत स्वयं पर्यटकलाई समेत उत्प्रेरित गराउँछ ।
विश्व पर्यटन उद्योगमा ‘इको(टुरिज्मरु गतिविधि द्रुततर गतिमा विकास भइरहेको छ । औद्योगिक क्रान्तिपछि औद्योगिकीकरणको विस्तार र तीव्र सहरीकरणले विकास गरेको असहज परिस्थिति र बढ्दो वातावरणीय विनाशले भयो । त्यसले उब्जाएको कहालीलाग्दा कोलाहलपूर्ण वातावरणबाट उन्मुक्त रहेर प्रकृतितर्फ फर्कन चाहने मानव समुदायको सोच तथा संरक्षणविद्, वातावरणविद्लगायत विकासोन्मुख मुलुकप्रति उत्तरदायी बहुपक्षीय दातृ संस्थाको पारस्परिक अन्तक्र्रियाबाट निक्लेको परिणामका रुपमा लिइन्छ । न्यून लगानीमा वातावरणको समेत जगेर्ना हुने किसिमबाट लगानी गर्न नसक्ने निर्धन मुलुकका लागि दिगो आर्थिक स्रोतका रुपमा विशेष गरीकन विकासोन्मुख राष्टूमा ‘इको(टुरिज्मरु गतिविधिलाई प्रश्रय दिएको देखिन्छ । शाब्दिक विन्यासलाई हेर्दा इको शब्दले सत्कारपूर्ण घरेलु व्यवारलाई बुझाउँछ भने कसैकसैले ‘इकोरुको अर्थ इकोसिस्टम र इकोस्फेयरसँग अथ्र्याउने कोसिस गरेका छन्, तर यो व्यापक दायरामा छ । बीसौं शताब्दीको मध्यतिर पश्चिमेलीले प्रकृतिको संरक्षणलाई संस्थागत गर्न पुगेको भए तापनि पूर्वेली तथा आर्य समाज प्रकृति र संस्कृतिको सहचार्यमा पुष्पित एवं पल्लवित भई आएको दृष्टान्त छ । तर, प्रकृतिको महत्वलाई ढिलै बुझेका भए पनि पश्चिमी समाजमा रहेको अग्रसरतालाई पछ्याउने पूर्वीय समाजको यिति बन्दै गइरहेको छ । फलस्वरुप पूर्वीय समाज पश्चिमी समाजको अनुयायी जस्तो बन्न पुगेको छ । ktm 3
मानवीय सचेतनाले वातावरणीय विनाशको समस्याले सिर्जना गरेको विशृंखलताबाट सन् १९७० को दशकमा विकल्पको खोजीले जनु उत्कर्षता पायो र वातावरणीय संरक्षण र संवद्र्धनसँग आबद्ध रहेर विकासमा नवीनता खोजियो । फलस्वरुप सन् १९८० को दशकमा आएर ‘इको(टुरिज्मरुको औपचारिक अवधारणाको विकास भयो । सन् १९९० को दशकमा पर्यटन क्षेत्रमा आन्दोलनका रुपमा स्थापित यस अवधारणाले अरु विकसित हुने अवसर पायो । पर्यटकीय क्षेत्रमा पर्यटनसम्बन्धी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याइयो । त्यसपछि ‘इको(टुरिज्मरुसम्बन्धी अन्तर्राष्टिूय नीति, नियमावली तथा ऐन, नियम बने र ‘इको(टुरिज्मरुलाई विकास गतिविधिको एक सशक्त औजारका रुपमा लिइयो । जसले बर्सेनी ‘इको(टुरिज्मरु गतिविधिमा पर्यटकको बढ्दो संलग्नतालाई स्थापित गर्न मद्दत पुरुयायो । ३० प्रतिशतको हाराहारीमा वृद्धि भइरहेको विश्व तथ्यांकमा ‘इको(टुरिज्मरु गतिविधिमा बढ्दो पर्यटकीय संलग्नता वा उपस्थितिले प्राकृतिक क्षेत्रको संरक्षणमा विस्तार गराइरहेको र एक्काइसौं शताब्दी नै ‘इको(टुरिज्मरु शताब्दी बन्न जाने सम्भावनाहरु उजागर गरेको छ ।
विश्व अर्थतन्त्रको शक्तिशाली आर्थिक औजार बृहत् रोजगारीको क्षेत्र विस्तार गराउन ‘इको(टुरिज्मरु सफल छ । उत्तरदायी पर्यटन, हरित पर्यटन, दिगो पर्यटन, वातावरणीय मैत्री पर्यटन, वैकल्पिक पर्यटन आदि अवधारणामा समेत व्याख्या विश्लेषण गर्ने परम्परा बढेर गएको छ । जे होस् ‘इको(टुरिज्मरुलाई जे(जसरी, जुनसुकै अवधारणामा चर्चा गरी आए पनि जसको मूल मर्म पर्यटन विकासमा दिगो विकासको अवधारणालाई स्थापित गर्ने आचारसंहिताका रुपमा बुझ्न सक्नुपर्छ ।
प्राकृतिक तथा सांस्कृतिक क्षेत्रको ग्रहण क्षमताको निर्धारण, संस्थागत संरचनाको माध्यमबाट स्थानीय समुदायको संलग्नता बढाई स्थानीय स्थानीय उत्पादन तथा कलाशल्पिको प्रलर्शन, सामाजिक, आर्थिक विकासमा ‘इको(टुरिज्मरुको प्रभावकारिता बढाउने आदि छन् ।
संरक्षण विभागाले ‘इको(टुरिज्मरु विकासका लागि संरक्षण कार्यक्रमलाई बढाउन सक्छ । पूर्वाधारजन्य कार्यालयले सडक, विद्युत्, टेलिफोन, सवारी साधनको सुविधा प्रदान गर्नसक्छ । टुर अपरेटरले सम्बन्धित स्थलको सम्पूर्ण जानकारी राखी सो क्षेत्रको सम्भावना, आवश्यकता र समस्या निर्धारण गर्न सक्छ । लगानीकर्ताले होटल, लजलगायतका सुविधा प्रदान गर्नसक्छ । गैरसरकारी संस्थाले सम्बन्धित स्थलको स्थानीय विकासमा पर्यटनको भूमिकालाई समुदलामा लैजान सक्छ र दातृ संस्थाले समुदायको आयआर्जनको स्रोत बढाउन आवश्यक उद्यमशीलता विकासका लागि उपयुक्त विकास रणनीति, योजना, प्रशिक्षण, बजारीकरण, प्रवद्र्धनजस्ता कार्यमा सहयोग पुरुयाउँछ । यी विभिन्न सरोकारवाला संस्था जसको सहकार्य वा सहभागिता ‘इको(टुरिज्मरु विकासका लागि अत्यन्त महत्वपूर्ण हुन्छ ।
हिमाल, पहाड र तराईको भूगोलले सिँगारिएको नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाको धनी मुलक हो । जुन सम्पदामा रहेको आकर्षणकै कारण नेपाल ‘इको(टुरिज्मरु गतिविधिका लागि महत्वपूर्ण गन्तव्यस्थल हुन पुगेको छ । नेपालको पर्यटन विकासको सुरुवातलाई हेर्दा प्राकृतिक सम्पदाको आकर्षणबाट नै भएको छ । नेपालको यही अरिुतीय प्राकृतिक सुन्दरता, शृंखलाबद्ध श्वेत पर्वतीय हिमशीला, भौगोलिक विविधता, सांस्कृतिक सामञ्जस्य, बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक सामाजिक संरचना र जीवनशैलीलगायतका स्रोतले गर्दा ‘इको(टुरिज्मरु विकासको अविच्छिन्न स्रोत हो ।
संरक्षण र पर्यटन विकासका दुई मूल उद्देश्य लिएर नेपालमा स्थापित भएका १६ संरक्षित स्थल मूलतः ‘इको(टुरिज्मरु विकासका मूल्य, मान्यता र ध्येयबाट निर्देशित छन् । तापनि, विद्यमान सम्भावनालाई संस्थागत गर्न आवश्यक ‘इको(टुरिज्मरुसम्बन्धी ऐन तथा नीति निर्माण नगरिनुले नेपालको पर्यटन विकास पूर्णतः परम्पराबाट माथि उठ्न सकेको छैन ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*