electricity-busकाठमाडौं। सरकारले काठमाडौं उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनका लागि पहल सुरु गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यसको पहल सुरु गरेको हो ।

इन्धनबाट मात्र चल्ने बसका कारण इन्धनको बढी खपत हुने गरेका कारण सरकारले विद्युत्तबाट चल्ने बस चलाउने तयारी गरेको हो ।

उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले चीन सरकारलाई औपचारिक रुपमा आग्रह गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावासमार्फत मन्त्रालयले पहल सुरु गरेको हो ।

यसका लागि मन्त्रालयले विद्युत्तीय बस उत्पादन गर्ने चिनियाँ कम्पनीलाई पत्र पठाइसकेको छ ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*