कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा एक रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका दुई सहकारी संस्थालाई १८ लाख ७५ हजार रुपैयाँ रकम प्रदान गरिएको छ ।

सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई १२ लाख ३४ हजार र उमादेवी दुग्ध उत्पादक सहकारीलाई ६ लाख ४० हजार उपलब्ध गराइएको हो । दूध उत्पादनको क्षेत्रमा काम गर्दैआएका अन्य सहकारीलाई क्रमशः रकम हस्तान्तरणको तयारी भइरहेको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिए।

सहकारीमार्फत अहिलेसम्म कृषकले सबैभन्दा बढी रु सात हजारसम्म रकम बुझेका छन् । सरकारले कृषकलाई उत्पादनमा प्रति लिटर एक रुपैयाँ अनुदान दिने भएपछि जिल्लाका १२ वटा दुग्ध सहकारी संस्था रकमका लागि छनोट भएका थिए ।

“गोठ, भकारो, घाँस उत्पादनलगायत क्षेत्रमा लगानी गरेपनि खासै उपलब्धिमूलक भएन,” डा श्रेष्ठले भने। एक वर्षको दूध उत्पादनको अवस्था हेरेर दुग्ध सहकारीमार्फत कृषकलाई अनुदान दिइने उनले बताए।

मूल्याङ्कन समितिमार्फत छनोट गरिएका बनेपा रविओपीको देउराली दूध उत्पादक सहकारीले २० लाख ९ हजार, पाँचखाल अनोकोटको अनेकोट दुग्ध उत्पादक सहकारीले चार लाख १० हजार, मण्डनदेउपुर नगरपालिका महादेवस्थानको रानीटार दुग्ध उत्पादक सहकारीले ६ लाख २३ हजार, पाँचखाल नगरपालिकाको शिखरपुर श्रीराम पाटी दुग्ध उत्पादक सहकारीले दुई लाख १६ हजार तथा देउपुरको ब्रम्हयणी दुग्ध उत्पादक सहकारीले एक लाख ८३ हजार रुपैयाँ वार्षिक अनुदान पाउने छन् ।

त्यस्तै धुलिखेलस्थित कालिदेवी दुग्ध उत्पादक सहकारीले दुई लाख ९० हजार, ज्यम्दीको ठूल्दीवेसी दुग्ध उत्पादक सहकारीले तीन लाख ५४ हजार, मण्डन देउपुरको इन्द्रवती बहुउद्देश्यीय सहकारीले दुई लाख ७० हजार, मङ्लटारस्थित तिमाल महाभार बहुउद्देश्यीय सहकारीले नौ लाख ७८ हजार र देवीपन्चकन्या बहुउद्देश्यीय सहकारीले दुई लाख ४७ हजार रुपैयाँ अनुदान पाउने कार्यालयले जनाएको छ । रासस

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*