timthumb.phpकाठ मध्येको अब्बल दर्जा मानिने सागवान खेती बिगत २ बर्ष यता जिल्लामा लोकप्रिय बन्दै गएको छ। कम समयमा बिरुवाको बृद्धि विकास राम्रो हुने भएकाले यस प्रति किसानहरु आकर्षित भएका छन्।
सामान्यतया जंगली सागवान तयार हुन ३० देखि ३५  बर्ष लाग्ने जानकारहरु बताउँछन्। शिवशक्ति वायो प्लान्टिकले बजारमा ल्याएको सागवान, अन्य सागवान भन्दा गुणस्तरीय रहेको सो संस्थाले दाबी गरेको छ।  छोटो समयमै बृद्धि विकास राम्रो भएका कारण दाङका किसानहरु यस प्रति आकर्षित हुने गरेका हुन्।
तराईका सम्पूर्ण भूभाग र भित्री मधेसका केही जिल्लाहरु सागवान खेतीका लागि अनुकुल वातावरण भएको संस्थाका नेपाल प्रमुख केबिटी रावले बताए।  उनले छोटो समयमा अधिक आम्दानी लिनका लागि किसानहरुलाई राम्रो बिकल्पको रुपमा सागवानको व्यावसायिक खेती आवश्यक रहेको बताए।
शिवशक्ति बायो प्लान्टिकले गत २ बर्ष देखि बजारमा ल्याएको सागवान दाङ सहित  तराईका अधिकांश जिल्लाहरुमा व्यावसायिक रुपले बिक्रि गरिएको छ। यो बिक्रि कम्पनीको आम्दानीका लागि नभई वातावरण र किसानहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि गरिएको संस्थाका प्रबन्धक सनत आचार्यले बताए।
 सागवान अत्यन्त बलियो काठ भएको र यसबाट घरमा चाहिने सम्पूर्ण फर्निचर लगायत  आवश्यक अन्य सामाग्री समेत निर्माण गर्न सकिने आचार्यले बताए।  सागवानको बेर्ना उन्नत र आधुनिक प्रविधिद्वारा तयार गरिएकोले यसमा किराहरुको प्रकोप कम देखिने, छिटो बढ्ने, सिधा बढ्ने र कम मात्रामा हाँगा बिँगा आउने हुँदा कृषक यसप्रति बढी आकर्षित भएको आचार्यको दाबी छ।
व्यावसायिक सागवान खेतीले निकट भविष्यमा नेपालको काठ बजारमा माग भएको काठ पुरा गर्न सकिने आचार्यले आशा व्यक्त गरे।
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*