karyabinayak-dev-conceptललितपुर । नेकपा एमाले कार्यविनायक नगर कमिटिले ग्रीनवेल्टदेखि जडिबुटीखेतीसम्मको विकासको योजना बनाउने दृढताा सहित नगरपालिका विकासको एकीकृत नीतिगत अवधारणा सार्वजनिक गरेको छ । कार्यविनायक नगरका एमाले इन्चार्ज दामोदर खड्का र संयोजक प्रेमभक्त महर्जनको नेतृत्वमा गएको टोलीले आइतबार नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मी पाण्डेय गौतमलाई भेटी नीतिगत अवधारणापत्र बुझाएका हुन् ।
अवधारणापत्र बुझाउँदै नगर इन्चार्ज खड्काले कार्यविनायक नगरपालिकालाई योजनाबद्ध विकासको खाका बनाउन आग्रह गर्दै आफ्नो पार्टीले नीतिगत फ्रेमवर्क दिएको पनि बताउनुभयो ।
नेकपा एमालेको नगर संयोजक महर्जनले सबै मूल तथा शाखा सडकमा ग्रीन वेल्ट राख्नेदेखि सबै सडकमा सौर्यवत्ती जडान गर्नुपर्ने, नीजि विद्यालयमा अध्ययन गर्ने कमजोर विद्यार्र्थीहरुलाई छात्रवृत्ति दिन कोष बनाउनुपर्ने देखि नगरपालिकाभित्रका साविक गाविसहरुलाई एक टोल एक उत्पादनका हिसावले ब्राण्ड स्थापित गराउनेगरी प्रचारमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिका प्रवेश गर्ने क्षेत्रमा सांस्कृतिक नगर प्रवेश द्धारको निर्माणदेखि पर्यटकीय स्थानहरुलाई पर्यटकीय प्रचार अभियानमा केन्द्रित गराउन पनि महर्जनले आग्रह गर्नुभयो । कार्यविनायक नगरमा आयुर्वेदिक औषधालय निर्माणदेखि जडिबुटीको खेती गराउने सम्भाव्यता भएकोले त्यसतर्फ पनि विकासको योजनाहरु ल्याउनुपर्ने बताउनुभयो । नगरपालिकामा खाजेपानी तथा अन्य भौतिक विकासका पूर्वाधार निर्माणलाई प्राथमिकता र योजनाबद्ध बनाउन आग्रह गर्दै घना वस्तीका लागि अलग्गै मापदण्ड बनाएर घर तथा भवन  निर्माण अगाडि बढाईनुपर्ने बताउनुभयो । पुननिर्माणमा कलात्मकता कायम गराउनका लागि मौलिक र कलात्मक निर्माणलाई प्रोत्साहन दिनुपर्ने पनि एमाले नगर कमिटिको माग छ । प्रतिनिधि मण्डलमा खड्का र महर्जन संगै एमाले ३ नं प्रदेश कमिटि सदस्य जीवन खड्का, जिल्ला कमिटि सदस्य जीवन केसी, क्षेत्रीय कमिटि तथा नगर कमिटिको सहभागिता रहेको थियो ।
अवधारणापत्र ग्रहण गर्दै कार्यकारी अधिकृत गौतमले नगरपरिषद्मार्फत एमालेको मागस्वरुप आएका नीतिगत विषयलाई सम्बोधन गर्ने बताउनुभयो ।
यस्तो छ अवधारणापत्रको पूर्ण विवरण
कार्यविनायक नगरपालिका पृष्ठभूमी ः
ललितपुर जिल्लाको सैबु, खोकना, बुंगमती , छम्पी र डुकुछाप गा.वि..स गरी जम्मा ५ वटा गा.वि.स. मिलाई कार्यविनायक नगरपालिका बनेको छ । पूर्वमा नख्खु खोला पश्यिममा वागमती नदी, उत्तरमा ललितपुर उपमहानगरपालिका र दक्षिणमा देवीचोैर र लेले गा.वि.स. यति चार किल्ला भित्र करीव २१.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिकामा जम्मा ३८०६६ जनसंख्या रहेका छन् जसमध्ये महिला १९०३५ र पुरुष १९००१ रहेका छन् । यहांको जनघनत्व १७७० जना प्रति वर्ग कि.मि रहेको छ र घर संख्या ८९८९ रहेका छन् । यस नगरलाईसमयमा नै राम्रो व्यवस्थापन गर्न सकेमा एक  समृद्ध सुन्दर पर्यटकीय नगर बन्न सक्छ ।
यस कार्यविनायक नगरपालिकामा विश्व सम्पदामा सूचिकृत हुन लागेका बुंगमतीको रातो मच्छिन्द्रनाथ , कार्यविनायक मन्दिर,चुनिदेवी मन्दिर,खोकनाको रुद्रायणी मन्दिर, छम्पीदेवी मन्दिर, सैबु स्थित बसला देवी, तछला देवी, बालकुमारी मन्दिर लगायत ऐतिहासिक र धार्मिक महत्वको सिकाली चौर र चोभार र सैबुको सिमानामा प्रसिद्ध मंजुश्री पार्क एवं पुष्पलाल पार्क लगायत थुप्रै मठ मन्दिरहरु र पर्यटकीय स्थल रहेका छन् । यहांको जीवन शैली, कला, संस्कृति लगायत अन्य भेष भुषा लगायत विविध खालको रीतरिवाज अवलोकन गर्नको लागि थुप्रै पर्यटकहरु आउने गरेका छन् ।
२०७२ साल बैशाख १२ गतेको महाभूकम्प र त्यसपछिको पराकम्पनले यस कार्यविनायक नगरपालिको घनाबस्तीको रुपमा रहेको कतिपय घरहरु भत्किएका र सम्पदामा सूचिकृत हुन लागेको रातो मञ्छिन्दनाथ खोकनाको रुद्रायणी मन्दिर लगायत अन्य धरोहरको रुपमा रहेको मठमन्दिरहरु समेत भत्किएर जीर्णाेद्धारको पर्खाईमा बसिरहेका छन् । त्यस्तै यस भेगका थुप्रै बासिन्दाहरुको घरहरु भत्किएर टहरामा बास बस्नु पर्ने बाध्यता सिर्जना भएको छ । तसर्थ यी सबै भत्किएका सम्पदा लगायत कार्यविनायक नगरपालिकाको नगरवासीहरुको व्यक्तिगत घरहरु पूननिमार्ण गरी व्यवस्थित पर्यटकीय शहर बनाउन यस नगरपालिकाको दायित्व हुन आएको छ ।
यस नगरपालिकामा शिक्षा क्षेत्रमा कलेज १,  उच्च मा.वि ३ सामुदायिक विद्यालयहरु ४ अरु निजी विद्यालयहरुको व्यवस्थापनमा यहांका जनताहरुलाई सर्वसुलभ र सहुलियतमा शिक्षा दिई रहेका  छन् । स्वास्थ्य तर्फ स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरु एवं नीजि अस्पताल र क्लिनिक हरुले सेवा प्रदान गरि रहेका छन् ।
प्राकृतिक रुपमा सम्पन्न र विभिन्न उद्योगहरु समेत रहेको यस नगरपालिकाको आफनै छुटै विशेषता रहेको अवस्थामा अझ तपसील अनुसारको विकास निमार्णका कार्यहरु गर्न सकेमा यस नगरपालिकाको बासिन्दाहरुले नगरवासी हौ भन्ने अनुभूति गर्न सक्ने भएको हुंदा तपसील अनुसारको कार्यक्रम तथा योजनाहरु कार्यान्वयण गर्नपर्ने आवश्यकता देखिन्छ ।
१) खानेपानी सम्वन्धि
क) कार्यविनायक नगरपालिकाको  वडा नं १ देखि १३ सम्म (विशेष त साविक गा. वि.स.हरु सैबु, खोकना र बुंगमतीका)े नगरबासीहरुलाई खानेपानी व्यवस्थाको लागि प्ग्प्ी संग आवश्यक समन्वय गरी सैबु पानी पोखरीबाट यथेष्टरुपमा पानीको व्यवस्था गरी सोही अनुसार वितरण प्रक्रियामा चुस्तता ल्याई खानेपानी आपूर्तीमा सहजता ल्याउनको लागि  विशेष पहल गर्नु पर्ने  ।
ख) कार्यविनायक नगरपालिकाको वडा नं १४ देखि १८ सम्मका (साविक गा. वि.स. हरु छम्पी र डुकुछापका) नगरवासीहरुलाई सर्वसुलभढंगबाट खानेपानी उपलव्ध गराउनको लागि त्यस भेगमा रहेको श्रोत पहिचान गरी सो श्रोत बाट दीर्धकालिनरुपमा खानेपानी आपूर्तीको लागि बजेट विनियोजित गरी विशेष कार्यक्रम संञ्चालन गर्न‘ पर्ने ।
ग) टीकाभैरवबाट नखु खोलाको पानीलाई भविष्यमा खानेपानीको लागि प्रयोग गर्न अहिले देखि नै दीर्धकालिन योजना बनाई अगाडी बढनु पर्ने ।
घ) कार्यविनायक नगरपालिकाको सम्पूर्ण ढुंङ्गेधाराहरुको मर्मत रश्रोत तथा मुहान संरक्षणमा जोड दिनु पर्ने ।
ड) कार्यविनायक नगरपालिका भित्र रहेका सम्पूर्ण पोखरीहरुको मर्मत सुधार गर्न यथेष्ट बजेटको व्यवस्था गर्न‘ पर्ने ।
च) कार्यविनायक नगरपालिकामा अब नयां भवन स्वीकृति दिंदा आकाशे पानी संकलनमा विशेष जोड दिनु पर्ने र सो को लागि केही सहुलियतको व्यवस्था गर्न‘ पर्ने ।
छ) घनाबस्ती बाहेक अन्य  ठाऊमा घर निमार्ण स्वीकृती दिदा अनिवार्यरुमा घर कम्पाउण्ड भित्र दुई वटा रुखजन्य विरुवा लगाउनु पर्ने ।
२) सिंचाई तथा कृषि
क) सिंचाईको लागि निर्मित विभिन्न कुलोहरु जस्तै भोर्ले कुलो, रुद्रायणी कुलो धनःबु कुलो लगायत सैबु,छम्पी र डुकुछापमा संञ्चालित कुलोहरुको उचित संरक्षण, मर्मत तथा सुधार गरी १२ महिना कुलो संञ्चालनमा ल्याउने व्यवस्था गर्ने ।
ख) नगरपालिका भित्रका विभिन्न जग्गाहरुमा के कस्ता खाद्यान्नहरु उत्पादन हुन्छ सो को अध्ययन गरी विभिन्न क्षेत्रको पोकेट क्षेत्र घोषणा गरी सोही अनुसार सो स्थानको नगरवासीहरुलाई व्यापारिकढंगबाट खाद्यान्न उत्पादन गर्न लगाउन विशेष पहल गर्न‘ पर्ने ।
ग) व्यावसायिक तरीकाबाट तरकारी , फलफुल  तथा पशुपालन खेती गर्न नगरबासीलाई प्रोत्साहित  गर्न विशेष कार्यक्रम संञ्चालन गर्न‘ पर्ने ।
घ) कृषकबाट उत्पादित विभिन्न खाद्यान्न सामाग्रीहरु आवश्यक बजार व्यवस्थापनको लागि विभिन्न क्षेत्रहरुमा हात बजारको व्यवस्था गर्न‘ पर्ने । विशेषरुपमा सैबु,खोकना र बुंगमतीमा कम्तिमा एक एक वटा हात बजार स्थापना गरी बजारको व्यवस्था गर्न‘ पर्ने ।
३) शिक्षा तथा खेलकुद विकास सम्वन्धि
क) सामुदायिक विद्यालय तथा उच्च मा.वि. लगायत महाविद्यालय संञ्चालनमा आर्थिक तथा भौतिकमा विशेष सहयोग गर्ने ।
ख) शैक्षिक क्षेत्रमा विकासको लागि निजी क्षेत्रबाट खोलिएका  सहकारी तथा निजी विद्यालयहरुमा नगरपालिकाले सहजीकरण गर्ने ।
ग) कार्यविनायक नगरपालिकाले नीजी तथा आवासीय विद्यालयललाईनगरपालिकाको निम्न आयस्तर भएका नगरपालिका भित्रका वालवालिकाहरुको लागि निश्चित मापदण्द बनाई छात्रबृती दिलाउनको लागि आवश्यक पहल गर्ने ।
घ) कार्यविनायक नगरपालिकालाई निरक्षरता मुक्त नगरपालिका बनाउन आवश्यक योजना तयारी गर्ने ।
ड) कार्यविनायक नगरपालिकाले रोजगारीको लागि रोजगारीमूलक प्रशिक्षण केन्द्र खोल्नु पर्ने ।
च) नगर भित्र स्थाथी बसोवास गरी अध्ययन गर्ने गरीब, जेहेन्दार तथा पिछडिएका वर्गहरुको लागि नगरपालिकावाट छात्रबृत्ति कोषको स्थापना गरी अध्ययनको लागि छात्रबृत्तिको व्यवस्था  गरी दिनु पर्ने ।
छ) युवाहरुको खेलकुड विकासकोे लागि नगर खेलकुद विकास समिति मार्फत खेलकुद विकास तथा प्रवद्र्धनको लागि विभिन्न कार्यक्रम संञ्चालन गर्न‘ पर्ने ।
ज ) खेलकुद विकासको लागि खेलमैदानको पहिचान गरी सो को विकास गरी नगरपालिकास्तरिय विभिन्न खेलहरु संञ्चालन गर्न आवश्यक पहल गर्न‘ पर्ने ।
४) संस्कृति तथा पर्यटन
क) कार्यविनायक नगरपालिकालाई एक पर्यटकीय नगरीमा विकर्सित गर्नका लागि  खोकना र बुंगमतीलाई विश्वसम्पदा सूचिमा राख्नको लागि भैरहेको कार्यलाई तदारुकताका साथ लागु गर्न विशेष पहल गर्ने ।
ख) सैबु, छम्पी तथा डुकुछापमा रहेका पर्यटकीय तथा प्राकृतिक रुपमा सौन्दर्य भएका बस्ती ठाऊहरुको पहीचान गरी एकिकृतढंगले पर्यटकिय क्षेत्रको विकास गर्ने रज्भचष्तबनभ च्यगतभ को पहिचान गरी कार्यन्वयनमा ल्याउनुु पर्ने ।
ग) कार्यविनायक नगरपालिका भित्र रहेका जीर्ण भएका मठ मन्दिरहरुको जिर्णाेद्धार लगायत ऐतिहासिक पोखरी तथा पाटी पौवाहरुको समरक्षण गर्न‘ पर्ने ।
घ) कार्यविनायक नगरपालिका भित्र रहेका वासिन्दाहरुको मौलिक पहिचान झल्कने एक सांस्कृतिक संग्राहलय स्थापना गर्नु पर्ने।
ड) सैबुको चोभारगल्छी र छासीकोट, खोकनाको सिकाली , बुंगमतीको कार्यविनायक र चुनिखेल , छम्पीको छम्पीदेवी माईस्थान ,छम्पीको सल्लेरी डाडांमा View Tower निमार्ण रत्यस्तै डुकुछापको कटुवालदहलाई पिकनिक स्पोट बनाउन आवश्यक पूर्वाधार बनाई सो को  प्रवद्र्धनको लागि प्रचार प्रसार गर्ने ।
च) कार्यविनायक नगरपालिका भित्र रहेका आदिवासी, जनजातीहरुको भाषा लिपी बाजा गाजा एंव संस्कृतिको प्रवद्धर्नको एंव विकासको लागि सरोकारवाला पक्षहरुसंग आवश्यक समन्वय गरी कार्यक्रमहरु संञ्चालन गर्नमा पहल गर्ने ।
छ) सैबु मुलसडकको नखु पुलमा र चोभारको गल्छीमा  सांस्कृतिक नगर प्रवेश द्धार निमार्ण गर्न‘ पर्ने ।
५) सडक तथा यातायात
क) सैबुको चोभारबाट बागमतीको किनारा हुदै खोकना, बुंगमती , डुकुछाप सम्म बागमति कोरीडोर बनाई नखु खोलाको कोरीडोरमा जोडी पांचै वटा गा.वि.स.लाई भित्र पार्ने गरी एक कार्यविनायक रीगरोडको विकास गरी सो बाट मूख्य बस्तीहरुसंग जोडने गरी पून शाखा सडकहरुको विकास गर्न‘ पर्ने ।
ख) कार्यविनायक नगरपालीकाबाट दक्षिणतिर जाने दुईटा बाटाहरु एक टिकाभैरव निस्कने र अर्काे डुकुछाप कटुवालदह निस्कने बाटोको बारेमा निश्चीत मापदण्ड कायम गरी सो बाटो लाई कालो पत्रको लागि केन्द्रियस्तरको योजनामा पारी कार्यान्वयनमा ल्याउनको लागि विशेष पहल गर्न‘ पर्ने ।
ग) बागमती पूलमा खोकनाबाट दक्षिणकाली नगरपालिकाको खोकनाबहाल जोडने, डुकुछापबाट दक्षिणकाली नगरपालीकाको नैखण्डी जोडने पक्की मोटर चल्ने पूल बनाउनु पर्ने ।
घ) त्यस्तै नखुखोलामा पनि छम्पी  बाट चापगाऊको झयालपाटी जोडने र बुंगमती बाट सुनाकोठी अथवा ठेचो जोडने पक्की पूल निमार्ण गर्नको लागि केन्द्रिय स्तरमा आवश्यक बजेट विनियोजित गर्नको लागि विशेष पहल गर्न‘ पर्ने ।
ड) कार्यविनायक नगरपालिकाको मूल सडकहरु र शाखा सडकहरु तथा सम्पदाक्षेत्रमा सौर्य बत्तिको व्यवस्था गर्न‘ पर्ने ।
च) यस भेगमा चल्ने यातायातलाई अझ व्यवस्थित गर्न ललितपुर  मिनीवस यातायात व्यवसायीसमिति संग आवश्यक छलफल गरी यातायातको सुविधामा सुधार ल्याउन पहल गर्न‘ पर्ने र ठाऊ ठाऊमा बसको प्रतिक्षालय बनाउनु पर्ने ।
छ) यातायात व्यवसायीहरुको सहभागितामा नगरस्तरीय यातायात सेवा संञ्चालन गर्न‘ पर्ने ।
६) स्वास्थ्य तथा सरसफाई सम्वन्धि
क) नगरपालीकाबाट आएका फोहरहरुलाई निश्चित ठाऊमा डम्पिग साईड बनाई फोहरको व्यवस्थापन गर्न‘ पर्ने ।
ख) सो डम्पिग साईडमा जम्मा भएका फोहरलाई मोहरमा परिणत गर्नका लागि नगरपालीकाले छुटै कार्ययोजना बनाई कम्पोष्ट मल उत्पादनमा विशेष ध्यान दिनु पर्ने ।
ग)कार्यविनायक नगरपालिकाको मूल सडक र शाखा सडकहरु हरीयाली तथा बाताबरण  मैत्री बनाउनको लागि सडकको दांया वांया बृक्षारोपण गर्न‘ पर्ने ।
) कार्यविनायक नगरपालीकाको केन्द्रभागमा यस भेगका जनताहरुको उपचारमा सहज पहुचको लागि एक प्राथमिक स्वास्थ केन्द्र  स्थापनाको लागि नेपाल सरकार संग पहल गर्ने ।
च) कार्यविनायक नगरपालिका भित्र रहेका हेल्थ पोष्ट तथा सव हेल्थ पोष्टलाई बढी सेवामुखी बनाई लागु गर्नको लागि आर्थिक तथा भौतिक सहयोग गर्ने ।
छ) कार्यविनायक नगरपालिका क्षेत्र भित्र एक आयुवेदिक औषधालय स्थापना गर्नुका साथै जडिबुटी खेती गर्न स्थानीय जनताहरुलाई प्रात्साहित गर्नु पर्ने ।
ज) नगरपालीका भित्र रहेका अन्य प्राईभेट हस्पिटल तथा पोली क्लिनकहरु संग आवश्यक समन्वय गरी यस भेगका जनताहरुको स्वास्थ्य सुधारमा  जनचेतनामूलक कार्यक्रम लगायत अन्य कार्यक्रम संञ्चालन गर्ने ।
झ) नगरपालिका भित्रका घनाबस्तीहरुमा ढल निकासको व्यवस्था गरी सो बाट आउने फोहरलाई  निश्चित ठाऊमा मात्र जम्मा हुने व्यवस्था गर्र्र्ने र सो फोहर पानी लाई प्राकृतिक तरीकाबाट त्चभबतmभलत गरी मात्र खोला तथा नदीमा पठाउने ।
) नगरपालीका भित्रका सवै बस्तिहरुमा सरसफाई सम्वन्धि विशेष कार्यक्रम संञ्चालन गर्ने र पर्यटन क्षेत्र तोकिएको ठाऊमा अझ विशेषढंगले त्यहांको जनताहरुको सहभागितामा कार्यक्रम संञ्चालन गर्ने ।
७) उद्योग तथा पर्यटन
क) नगरबासीको आर्थिक उन्नतीको लागि यदि नगरबासीहरुले कुनैे उद्योग तथा कलकारखाना संञ्चालन गर्न चाहेमा नगरवासीलाई अवसर दिनुको साथै बाहिर तथा वाह्य लगानी बाट समेत कलकारखाना तथा उद्योग संञ्चालन गर्न चाहेमा नगरपालिकाले कलकारखाना स्थापनाको लागि उद्योग मैत्री बनाउन सहयोग गर्न‘ पर्ने ।
ख) यस कार्यविनायक नगरपालिका भित्र लोप हुन लागेका परम्परागत सीपहरुलाई विभिन्न तालिमहरु संञ्चालन गर्न लगाई दक्षयुक्त बनाई उद्योग स्थापन गर्नमा नगरपालिकाले विशेष पहल गर्न‘ पर्ने ।
ग) कार्यविनायक नगरपालिका भित्र पर्यटन सम्वन्धि उद्योगहरु जस्तै रेष्टुरा, गेष्टहाउस लगायत होमस्टे कार्यक्रमहरु संञ्चालन गर्नको लागि Public Private Patnership को अवधारणमा कार्यक्रम लागु गर्न विशेष पहल गर्ने ।
घ) One Village One Product भने जस्तै नगरपालीकाको केही विशेष Productहरुको पहिचान गरी सो Produc को बारेमा राष्ट्र्रिय तथा अन्तराष्ट्र्रिय क्षेत्रमा बजार प्रवद्र्धनको लागि उद्योग बाणिज्य संघ र नीजी साझेदारी कार्यक्रम अन्तर्गत संञ्चालनको लागि आवश्यक पहल तथा सहयोग गर्ने ।
ड) नगरपालिका भित्रका विशेष शिपमूलक व्यापारिक व्यवसाय जस्तै काष्ठकला,मूर्तीकला, प्रस्तरकला जस्ता व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धनको लागि छुट्टै ग्राम बनाई लागु गर्न‘ पर्ने ।
८) संञ्चार ः
क) कार्यविनायक नगरपालिका क्षेत्र भित्र सबै वडाहरुमा टेलिफोन लाईन विस्तारको लागि नेपाल दूरसंञ्चार संग आवश्यक समन्वय गरी लाईन विस्तार गर्न लगाउने र सवै वडाहरुमा ल्भत (Net -Internet सुविधा पुयाउनको लागि विशेष ध्यान दिनु पर्ने ।
ख) यस कार्यविनायक नगरपालिका क्षेत्रभित्रका पर्यटकिय ठाऊहरु लगायत विशेष पार्कस्थलमाFree wifi को व्यवस्थाको लागि कार्यविनायक नगरपालिकाले दूर संञ्चार कार्यालयलयको सहयोगमा आवश्यक व्यवस्थापन गर्ने ।
९) विद्युत ः
कार्यविनायक नगरपालिक क्षेत्र भित्रका सवै वडाहरुमा विद्युत लाईन सुधारको लागि नेपाल विद्युत प्राधिकरण संग आवश्यक समन्वय गरी कार्यक्रम संञ्चालन गर्न लगाउन विशेष पहल गर्ने ।
१०) वन तथा वाताबरण
क) यस कार्यविनायक नगरपालिका भित्रका सामुदायिक बनलाई त्यस भेगका उपभोक्ताहरुको सक्रियतामा अझ व्यवस्थित गर्ने ।
ख) यस कार्यविनायक नगरपालिकाको नांगा डाडाहरुलाई हरियाली बनाउनको लागि त्यस भेगका स्थानिय जनताहरुको सहभागितामा तदारुकतकासाथ बृक्षारोपन कार्यक्रम संञ्चालन गर्ने ।
११)पर्ती चौर संरक्षण ः
क) यस कार्यविनायक नगरपालिकाको सार्वजनिक जग्गाहरुको अभिलेख राखि सो को सरक्षण गर्न‘ नगरपालिकाको दायित्व हुने भएको हुंदा ती सार्वजनिक जग्गाहरु संरक्षणको लागि आवश्यक सींमाडकन गरी काडे तार वार लाउनको लागि नगरपालिकाको तर्फबाट आवश्यक बजेट विनियोजित गर्न‘ पर्ने ।
११) समाज कल्याण
क) जेष्ठ नागरीक तथा असक्तहरु लगायत अपांगहरुको लागि विशेष कार्यक्रम संञ्चालन गर्न‘ पर्ने ।
ख) टुहरा बालबालिका लगायत उतपिडित महिलाहरुलाई विभिन्न संघ संस्थाको समन्वयमा आवास गृह संञ्चलानमा प्रोत्साहित गर्न‘ पर्ने ।
१२)पूननिमार्ण ः
क) २०७२ साल बैशाख १२ गतको महाभूकम्प र त्यसपछि आएका पराकम्पनले यस नगरपालिका क्षेत्रभित्रका विशेष गरी घनाबस्ती रहेका बस्तीहरुलाई पूर्णतया क्षति पुयार्उनुको साथै यस क्षेत्रका विश्वसम्पदामा सूचिकृत हुन सक्ने रातो मञ्छिन्द्रनाथको मन्दिर लगायत अन्य थुप्रै सम्पदाहरु नष्ट भएको हुंदा सो जिर्णाेद्धार गर्नको  लागि राष्ट्र्रिय पूननिमार्ण प्राधिकरणसंग आवश्यक समन्वय गरी बजेटको व्यवस्था गर्न लगाई पूननिमार्णमा सहयोग गर्न‘ पर्ने ।
ख) यस नगरपालिका क्षेत्र भित्रका पर्यटकको आकर्षण केन्द्रको रुपमा रहेको बुंगमती र खोकनाको बस्तीलाई अव पूननिमार्ण गर्दा पहिले जस्तै मौलिक र ऐतिहासिकता कायम हुने गरी पूननिमार्ण गर्न‘ पर्ने र सो को लागि नगरपालिकाले विशेषढंगबाट बजेट विनियोेजित गरी कार्यक्रम थालनी गर्न‘ पर्नै र त्यस बस्तीको सरोकार समिति र दातृनिकायसंग आवश्यक समन्वय गरी पूननिमार्ण काम लाई अझ तदारुकताकासाथ अगाडी बढाउन विशेष पहल गर्न‘ पर्ने ।
ग) नेपाल सरकारले भरखरै लागु गरिएको भवन निमार्ण मापदण्द अनुसार घनाबस्तीमा पूननिमार्ण गर्न असम्भव भएको हुंदा घनावस्तीको छुटै भवन निमार्ण मापदण्द तयार गरी लागु गर्न नगरपालिकाको पनि सहभागितामा ग्ल्(ज्ब्द्यक्ष्त्ब्त् ले तयार गरिएको घनावस्ती भवन निमार्ण मापदण्द स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरिएकोमा सो को स्वीकृतिको लागि विशेष तदारुकताकासाथ लाग्नु पर्ने ।
घ) पर्यटक क्षेत्र घोषित गरिएका बस्तीहरुमा नगरपालिकाको डिजाईन अनुसार मौलिकरुपमा घर बनाउन चाहेमा नगरपालिकाले नक्सापासमा विशेष छुट दिने र सम्वन्धित निकायमा आवश्यक सहयोग तथा छुटको लागि सिफरिस गर्न सक्ने व्यवस्था मिलाउने ।
१३) स्थानिय सघीय संरचना बारे
नेपाल संघीय संरचनामा गएको हुंदा सोही अनुसार स्थानियमा पनि संरचनामा फेर वदल गर्न‘ पर्ने भए अनुसार यस ललितपुर क्षेत्रलाई ७ वटा ईकाई प्राप्त भएको हुंदा ती सात वटा मध्ये कार्यविनायक नगरपालिकालाई देवीचोैर र घुसेललाई समेत समेटी छुट्टै कार्यविनायक नगरपालिका कायम गराउन राजनैतिक पार्टीहरुको सहयोगमा प्रभावकारी भूमिका खेल्नु पर्नै ।
१४) नाप नक्सा गर्ने बारे ।
यस नगरपालिकाको  वडा नं ६ देखि ९ ( साविक खोकना ) को घना बस्तीमा हाल सम्म पनि नाप नक्सा नभएको जसबाट त्यस भेगका बासिन्दाहरुलाई घर बनाई बस्न प्रतिकूल असर परेको हुंदा जतिसक्दो चांडो नेपाल सरकार संग समन्वय गरी सो स्थानमा नाप नक्सा गर्न‘ पर्ने ।
१५) पंञ्चे वर्षे वार्षिक कार्य योजना (master plan ) बनाउने बारे ।
यस कार्यविनायक नगरपालिकालाई व्यवस्थित तरिकाबाट विकासको गति तिर अगाडी लान यसको छुटै पंञ्चे वर्षे गुरु योजना चाहिएको हुंदा सो गुरु योजना बनाई सोही अनुसार निती नियम बनाई अगाडी बढनु पर्ने ।
१६) नगरपालिकाको नारा  ूपर्यटकीय नगरी कार्यविनायकको शान, स्वञ्छ सफा हराभरा हाम्रो सम्पदाको मानू
१७)नगरपालिकाले थप गर्न‘ पर्ने कामहरु ः
१)सिटी प्रोफाईल तयार गर्न‘ पर्ने ।
२)नगरको तथ्याङ्ख लिनु पर्ने ।
३)घर नंम्बर दिनु पर्ने ।
४) सडकको नामाकरण र नंम्वर गर्न‘ पर्ने
५)स्वायत्त वडा अवधारणा–पत्रलाई लागू गर्न‘ पर्ने ।
ड) हाल नगरपालिका क्षेत्र भित्र रहेकाLine Agencies हरुलार्ई अझ प्रभावकारीढंगबाट संञ्चालन गर्न विशेष पहल गर्न‘ पर्ने ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*