उत्तम काप्री काठमाडौं

timthumb.phpनेपालको  भौगोलिक विविधता र हावा पानीमा प्रायः सबैजसो फलफूलको खेती गर्न सकिने अवस्था रहेको फलफूल विज्ञहरु बताउँछन्।
वातावरणअनुकुल हुँदाहुँदै पनि कुल खपतको ८० प्रतिशत फलफूलहरु भने विदेशबाट नै आयात भइरहेको छ।
भौगोलिक वनावट र हावापानी सुहाउँदो  भएकै कारण पछिल्लो समय  नेपालमा व्यवसायिक रुपमा फलफूल खेती अघि बढेको छ।
पुरानै पद्धतिमा खेती हुनु, प्राविधिक रुपमा किसान दक्ष नहुनु, र विभिन्न किसिममा कीरा तथा रोगहरुको आक्रमणले मनग्य रुपमा फलफूल उत्पादन हुन सकेको छैन।
फलफूल विज्ञ टेकराज गोतामेले आँप र अनारमा लाग्ने कीराको समस्या समाधान गर्न यस्तो सुझाव दिन्छन्।
फलफूल विज्ञ टेकराज गोतामे
प्रायः सबै प्रकारका फलफूलमा कीराले आक्रमण गर्ने  गर्दछ। कीरालाई शत्रु र मित्र दुवै नजरबाट हामीले हेर्नुपर्दछ।  मित्र कीराले फलफूलको विकास क्रममा फाइदा पुर्याएको हुन्छ भने शत्रु कीरा हामीले गर्नेे खेती तथा फलफूलको लागि घातक हुन्छ।
प्रायः सबै प्रकारका फलफूलमा फूल खेलेको अवस्थामा फूलमै वयस्क कीराले अण्डा पार्दछ। अण्डा पारेपछि त्यसको जीवनचक्र सुरु हुन्छ।  जीवनचक्र सुरु भएसँगै अण्डाबाट लार्भा, लार्भाबाट प्यूपा र प्यूपाबाट वयस्कमा रुपान्तरण हुने क्रममा नै फलफूलमा कीरा लाग्दछ।
कीराको जीवन चक्र विकास क्रममा रहँदा सबैभन्दा बढी खन्चुवा लार्भा अवस्थामा हुन्छ। लार्भा अवस्थामा कीराले आक्रमण भएको फलफूल बढी मात्रामा विनाश हुने गर्छ।
जसमा पनि सबै प्रकारका फलफूलमा लाग्ने एउटै प्रकृतीका कीरा भनेको ‘लाइ’ हो। जसको कारण फलपूmल खेती सखाप हुने गरेका छन्। यसका लागि किसानले फोस्किल र रोगर प्रति एमएल २ लिटर पानीमा राखेर छर्कन सक्छन्।
लोकल जातका फलफूलमा भने कीरा तथा रोगको आक्रमण कम हुन्छ। पछिल्लो समय नेपालमा पनि व्यवसायिक रुपमा फलफूलको खेती गर्ने प्रचलन बढ्दो छ। आँप र अनारमा कीराले सबैभन्दा बढी आक्रमण गरेको पाइन्छ।
आँपमा लाग्ने कीरालाई विशेषतः ‘म्याङ्गो स्टोन वीभिल’ भन्ने गरिन्छ। आँपमा लाग्ने कीरा फूल खेल्दैबाट सुरु हुन्छ। कीराले आँपको फूलमा अण्डा पार्ने र यहीँबाट लार्भा, प्यूपा हुँदै वयस्क हुँदा फलको विकास भइसक्छ। त्यसपछि कीरा फलमा प्वाल पारेर बाहिर आउने  गर्छ।
त्यसैले आँपमा हामीले प्वाल देख्न सक्छौं। कतिपय अवस्थामा आँपमा प्वाल देखा नपरे पनि खाने बेलामा भित्र ‘स्याउँस्याउँ’ कीरा देख्न सक्छौँ।
किसानले आँप फूल्न लाग्दा (फूल दानाको अवस्थामा) नै २ पटक विषादी प्रयोग गर्नु पर्ने हुन्छ। यसले कीराको समस्याबाट मुक्ति मिल्छ। जसको लागि अहिलेसम्मको अनुसन्धानमा राम्रो प्रभाव पारेको विषादी ‘कोराजेन’ हो।
 यसलाई ०.२ एमएल प्रतिलिटर पानीमा राखेर तिनपटक प्रयोग गर्न सकिन्छ। तर फूल खेलेको समयमा भने प्रयोग गर्नु हुँदैन। त्यसैले फूल खेल्ने अवस्थामा र फल केराउ दाना जत्रो भएपछि प्रयोग गर्नु पर्ने हुन्छ। त्यस्तै प्रति एक लिटर पानीमा ०.५ ग्राम ‘थियोमेथोक्सेन’ राखेर प्रयोग गर्दा पनि राम्रो प्रभाव परेको अनुसन्धानमा देखिएको छ।
त्यस्तै अनारमा पनि कीराले बढी मात्रमा आक्रमण गरिरहेको हुन्छ। अनारमा पनि फूल खेल्ने समयदेखि नै विचार नपु¥याउने हो भने फल सबै सखाप  हुन्छ।  अनारमा  लाग्ने कीरा पुतली जातकै हुन्छ। अनारमा पनि फूलअवस्थामा नै वयस्क कीराले फुल पार्ने र यसैबाट कीराको जिवन चक्र सुरु हुन्छ। यसको लागि पनि किसानले फूल खेल्ने अवस्था (गुच्छा दाना)मा र पछि एक पटक विषादी प्रयोग गर्न सक्छन्।
यसको लागि जैविक विधिहरु पनि रहेको छ। फलमा  कागजको झोला लगाउन पनि सकिन्छ। यो अर्गानिक खेती गर्नेले प्रयोग गर्ने सबै भन्दा उत्तम उपाय पनि हो।  अर्को उपाय भनेको फलसँग रहने पुष्पलद  हो। जो फलसँग कप जस्तो भएर रहेको हुन्छ। यसबाहेक ‘मलाफियन’ नामको विषादी प्रयोग गर्न सकिन्छ।
फूल खेल्ने सुरुको अवस्थामा (गुच्छा जत्रो दाना भएपछि) र पुन अर्को पटक  प्रतिलिटर पानीमा २ एमएल विषादी राखेर प्रयोग गर्न सकिन्छ। ‘एजेरियाक्सन’ नामको विषादी पनि २ एमएल  प्रतिलिटर पानीमा राखेर माथिकै पद्दतिअनुसार प्रयोग गर्न  सकिन्छ। साथै विश्वका केही देशमा प्रयोग भईरहेको एउटा उपाय भनेको   फलफूलमै जिवाणु  छर्ने हो। नेपालमा भने  यसको प्रयोग भएको छैन। यसको लागि ‘थाइकोग्रान्मा’  नामको जिवाणु फलमा छरेर कीराको समाधान गर्न सकिन्छ।
विषादीले फलफूलमा लाग्ने कीराको जिवन चक्र विकास हुने क्रममा लार्भालाई नै सखाप पार्छ जस्ले गर्दा यसको संकमण कम हुन्छ। आँप, अनारजस्तै प्रकृतिका फलफूलमा लाग्ने कीराको समाधानको लागि फूल खेल्ने समयमा नै ध्यान दिनुपर्ने हुन्छ।
आफुनजिकै भएका फलफूल विज्ञहरुको सुझाव लिएर समयमै समस्याको समाधान गर्न सकेमा धेरै हदसम्म उत्पादनबाट किसानले लाभ लिन सक्छन्।
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*