तुलसीपुर (दाङ

तुलसीपुर (दाङ

जिल्लाको लालमटिया गाविस–४ का किसान यतिबेला उन्नत जातको चैते मकैखेती गर्न व्यस्त रहेका छन्।

गत वर्ष सो गाविसका किसानले सोचेभन्दा बढी मकै आम्दानी लिन सफल भएपछि अहिले उनीहरु चैते मकैखेती गर्न थालेका हुन्। सो गाविसमा विभिन्न चारवटा समूह गठन गरेर १ सय भन्दा बढी किसानले उन्नत जात (हाइब्रिड सी१९२१) नामको मकैखेती सुरु गरेका छन्।
जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको मकैको उत्पादन कार्यक्रमअन्तर्गत विभिन्न समूहमा आबद्ध भएका किसानलाई ३३ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको छ। स्थानीय सरिता आचार्यले कम समयमा धेरै उत्पादन हुने हुँदा उन्नत जातको मकै खेती गरेको बताइन्।
सोही गाविसको शुकलाल चौधरी कृषि विकास कार्यालयले समयसमयमा प्राविधिक सल्लाह दिनुपर्ने, अनुदानमा मलको व्यवस्था गर्नुपर्ने बताए। यसअघि परम्परागत खेती गर्दा राम्रो आम्दानी लिन नसकेको उनको भनाइ छ। रासस

 

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*