timthumb.phpवर्षा तथा गर्मी मौसमसँगै जिल्लाका ६० कृषकले लहरे तरकारी खेती सुरु गरेका छन्।
कृषि विकास कार्यालयको अनुदानमा त्रियुगा नगरपालिकाका तथा बेल्टार, कटारी, हँडिया, पञ्चावती क्षेत्रका कृषकले फर्सी, घिरौँला, चिचिन्डो, रामतोरिया, बोडीलगायत तरकारी उत्पादन गर्दै आएका छन्। कृषि कार्यालयले प्रतिकृषक ४० हजार अनुदान तथा तालिमको व्यवस्था गरेपछि कृषक लहरे तरकारी खेतीमा लागेका हुन्।
त्रियुगा नगरपालिका– १५ राजावासका कृषक माया दनुवार चार वर्षदेखि लहरे तरकारी खेती गर्दै आएकी छिन्। आठ कट्ठा जग्गामा लगाएको तरकारीबाट उनले एक लाख ५० हजार रुपैयाँसम्म कमाइ गर्छिन्। यस्तै त्रियुगा नगरपालिका– ८ बगाहाका कृषक हेमनारायण चौधरीघरपरिवारलाई खान पुग्ने तरकारी उत्पादन गरी केही रकम जोगाउन सफल भएको बताउँछन्।
जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत वासु ढुङ्गाना जिल्लामा हिउँदमा गोलेभेँडा, खुर्सानी, काउली, बन्दागोभी, भन्टा, गाँजर, मूलालगायत तरकारी खेती गरिँदै आएको बताउँछन्। वर्षायाममा फर्सी, काँक्रा, रामतोरिया, घिरौँला, चिचिन्डोलगायत तरकारी उत्पादन हुँदै आएका छन्।
‘करिब १ सय ५० कृषकले जिल्ला कृषि विकास कार्यालयको अनुदानमा तरकारी खेती गर्दै आएका छन्’ उनले भने। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*