timthumb.phpकुखुरापालन व्यवसायमा भएको लगानी पत्ता लगाउन र मासु तथा अन्डा उत्पादनबाट कुल ग्राहस्थ उत्पादनमा भएको योगदानबारे भएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ।
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा १०२५ ब्रोइलर, ४३ लेयर्स र १० ह्याचरी फार्मसहित एक हजार ७८ वटा फार्म सञ्चालनमा रहेको पाइएको छ। नेपालभर ६४ जिल्लामा भएको सर्वेक्षणले २१ हजार ९५६ व्यवसायिक कुखुरापालन फार्म भएको समेत तथ्याङ्कमा देखिएको छ।
व्यावसायिक कुखुरापालन सर्वेक्षणबाट जिल्लामा मात्रै आठ हजार ५५६ मेट्रिक टन मासु ९जिउँदो कुखुराको तौल० उत्पादन भएको अनुमान गर्दै नेपालभरबाट एक लाख १४ हजार ५८ मेट्रिक टन मासु उत्पादन भएको पनि सर्वेक्षणमा उल्लेख छ।
तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले कुखुरापालन व्यवसायमा ठूलो लगानी भएकाले त्यसको तथ्याङ्क सार्वजनिक गर्न र अन्डा तथा मासुको उत्पादन पत्ता लगाउन पहिलो पटक व्यावसायिक कुखुरापालन सर्वेक्षण भएको बताए।
उनले व्यवसायीले कुखुरा घर निर्माण तथा दाना र चल्लाका लागि सरकारले अनुदान दिनुपर्ने, विदेशबाट गैरकानुनी रुपमा आयात हुने चल्ला खरिदलाई प्रतिबन्ध लगाउनुपर्नेलागयत १० बुँदे सुझाव दिएको जानकारी दिए।
सो सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा मात्रै एक करोड ९६ लाख ७७ हजार गोटा अन्डा उत्पादन हुने गरेको र मासुका लागि कुखुरा बिक्रीबाट एक अर्ब ६४ करोड ७८ लाख ८८ हजार, अन्डा बिक्रीबाट १५ करोड ५४ लाख ४२ हजार र चल्ला बिक्रीबाट आठ करोड ७७ लाख २४ हजार आम्दानी गरेको तथ्याङ्कमा जनाइएको छ।
नेपालमा १२८ वटा ह्याचरीले ११ करोड २२ लाख ९० हजार इक्युवेटरमा राखी आठ करोड ३३ लाख ६१ हजार चल्ला उत्पादन भएकामा काभ्रेपलाञ्चोकमा करिब १६ लाख ६० हजार चल्ला उत्पादन भएको छ ।
जिल्ला तथ्याङ्क कार्यालय धुलिखेलका तथ्याङ्क अधिकृत दीनानाथ लम्सालले कुखुरापालन व्यवसाय मुुलुकको प्रमुख आर्थिक स्रोत भएकाले त्यसले कुल ग्रार्हस्थ उत्पादनमा गरेको योगदान पत्ता लाग्नुका साथै त्यस व्यवसायमा कति जनशक्ति छ भन्ने विषयमा पनि अध्ययन गरिएको बताए। जिल्लामाा २०३१ सालदेखि व्यावसायिक रुपमा कुखुरापालन भएको बताइएको छ। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*