timthumb (2)पोसाउन लागेको गहुँमा फौजी किराको प्रकोप देखापरेको छ।
तिलोत्तमा नगरपालिकासहित जिल्लाका ११ गाविसमा फौजी किराको प्रकोप देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले जानकारी दिए।
जिल्लाको वहा, वसन्तपुर, धकधई, पजरकट्टी, पोखरभिन्डी, छोटरी रामनगर, सिक्टहन, पड्खौली, बोधबारलगायत गाविस तथा तिलोेत्तमा नगरपालिका केही स्थानमा फौजी किराको प्रकोप देखिएको छ। ठूलो सङ्ख्यामा फौजी किरा आएर गहुँको पात, डाँठ र विस्तारै बोट नै खाएर सखाप पार्ने गरेको छ। कृषि कार्यालयले क्लोरपाइरिफस ५० प्रतिशत र साइपरेमथ्रिन पाँच प्रतिशत मिश्रण गरी गहुँमा छन आग्रह गरेको छ।
फौजी किराका कारण जिल्लाको करिब पाँच हजार हेक्टर क्षेत्रफलमा लगाएको गहुँमा क्षति पुगेको छ। फौजी किराकै कारण यस वर्ष करिब ५० प्रतिशत गहुँ उत्पादनमा कमी आउनसक्ने कृषि विकास कार्यालयलको अनुमान छ। जिल्लाको ३० हजार हेक्टर क्षेत्रफलमा गहुँ लगाइन्छ। जिल्लामा करिब ७५० टन गहुँको बीउ उत्पादन हुन्छ।
यहाँ उत्पादन भएको गहुँको बीउ नवलपरासी, कपिलवस्तु, पाल्पा, तनँहुलगायत जिल्लामा निर्यात हुने गरेको छ। अहिले यहाँ विजय, भृकुटी, गौतम, एनएल २९७ र एनएल ९७१ जातका गहुँको बीउ उत्पादन हुने गरेको छ । करिब ४० हजार किसान गहुँखेतीमा संलग्न छन् । तीन हजार ७ सय टन बीउ आवश्यक पर्ने बताइएको छ। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*