ललितपुर, साउन
timthumb.phpपछिल्लो समय गोलभेँडा खेतीप्रति युवा जमातको आकर्षण बढ्दै गएको छ ।
थोरै लगानीबाट मनग्य आम्दानी लिन सकिने भएकाले गोलभेँडा खेतीप्रति युवा आकर्षित भएका हुन् । खेती गर्न उनीहरूले भाडामा जग्गा लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । अन्य व्यवसायमा विभिन्न समस्या देखिएपछि युवाको यस व्यवसायप्रति लगाव बढेको हो ।
बज्रबाराही नगरपालिका– ८ का राधाकृष्ण महर्जन १० रोपनी जग्गा भाडामा लिएर पाँच वर्षदेखि गोलभेँडा खेती गर्दै आएका छन। उक्त खेतीका लागि उनले १० वटा प्लास्टिकका टनेल निर्माण गरेका छन्  । न्युनतम् चार मिटर चौडाई र १५ मिटर लम्बाइ रहेको टनेलमा गोलभेँडा खेती गर्दै आउनुभएका उनले दुईजना कामदार समेत राखेका छन् ।
“बजारको माग अनुरूप गोलभेँडाको उत्पादन गर्नुपर्ने हुन्छ,” उनले भने । मौसमीभन्दा बेमौसममा उत्पादन भएको गोलभेँडाले उचित मूल्य पाउने गरेको छ ।
यस्तै बज्रबाराही नगरपालिका– १३ का शिवराम थापा गोलभेँडा खेतीको आम्दानीले परिवारको गुजारा चलाउन सहज भएको बताउछन् ।  “वैदेशिक रोजगारमा जानुभन्दा कृषि व्यवसायमा लाग्नु नै ठिक छ,” उनले भने । तरकारी सङ्कलन केन्द्रको स्थापना स्थानीय रूपमै हुनसके कृषकको मनोबल बढ्ने उनको भनाइ छ । उनले  पाँच रोपनी जग्गा भाडामा लिएको र यसबाट आफ्नो आर्थिक अवस्थामा सुधार हुँदै गएको बताए।
बज्रबाराही नगरपालिका–९ का बालकृष्ण श्रेष्ठ गोलभेँडा खेतीबाट घरखर्चको जोहो गर्न सहज हुने बताए । युवालक्षित स्वरोजगार कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालयबाट गोलभेँंडा खेतीका लागि आवश्यक सहयोग प्राप्त भएको उनले बताए।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माले युवालाई गोलभेँडा खेतीमा आकर्षणका लागि अनुदान दिने गरेको बताए । उनले  गोलभेँंडा खेतीमा निर्माण हुने टनेलमा लाग्ने प्लास्टिकमा कार्यालयले सहयोग गर्ने गरेको बताए । उत्पादन गरेका कृषिजन्य बस्तुको बजार व्यवस्थापनका लागि कार्यालयले चाँपागाउँलगायत विभिन्न स्थानमा तरकारी सङ्कलन केन्द्रको स्थापना गरिएको उनले बताए ।  रासस

 

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*