पाललाई धानबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले चैते धानबालीमा अनुदान दिइने नीति लिएको छ।
यसका लागि बारामा सरकारले तीन सय हेक्टर क्षेत्रफलमा बृहत् धान उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ। बीमा कम्पनीको नियमानुसार खेती गरिएको धान खेतीको बीमा भएको सहभागी किसानलाई प्रोत्साहनस्वरुप प्रतिहेक्टर पाँच हजारका दरले अनुदानसमेत दिइने नीति सरकारले लिएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताए।
नेपाल धान उत्पादनमा आत्मनिर्भर नहुँदा प्रत्येक वर्ष विदेशबाट अर्बौं रुपैयाँ बराबरको धान–चामल आयात हुने गरेका छन् भने बारा जिल्ला धान उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्ने जिल्लामा रहेका छन् ।
यो वर्षमा बाराको कोल्हवी, नरही, वरियापुर, पकडिया, सिम्रौनगढ क्षेत्र, रामपुर्वा, सपही गाविसमा हर्दिनाथ १, चैत २, चैत ४ र स्थानीय कुरिया वगही जातको चैत धान कुल सात हजार ६ सय ७१ हेक्टर क्षेत्रफल जग्गामा चैते धान खेती गरिएको छ।
भदैया, अगहनी धानको उत्पादकत्वभन्दा चैते धानको उत्पादकत्व बढी हुने भएकाले किसानलाई सिँचाइका लागि डिप बोरिङ गरेर पनि चैतेधान खेती गर्ने गरिएको छ।
गत आवमा कुल सात हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा उन्नत र स्थानीय जातको चैत धान खेती गरिएको थियो । सो वर्ष जिल्लामा प्रतिहेक्टर ५ दशमलव ३५ मेट्रिक टनका दरले कुल ५१ हजार आठ सय ४१ दशमलव ५ मेट्रिक टन चैतेधान उत्पादन भएको थियो। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*