जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने किसिमको हुन्छ । चिकनपोक्सको भाईरस (भेरिसेला जोस्टर) भाइरसको संक्रमणले यो रोग लाग्दछ । डाक्टरी भाषामा यसलाई हर्पसजोस्टर भनिन्छ भने गाउँघरमा जनैखटिरा पनि भन्दछन् ।

जनैखटिरा सबै उमेरका मानिसलाई हुन सक्छ । प्राय:गरी यो रोग त्यस्ता व्यक्तिलाई हुन्छ, जसलाई पहिला ठेउँला (चिकेनपोक्स) भएको वा चिकेनपोक्सको एक्सपोजर भएको होस् । त्यस्ता व्यक्तिलाई हर्पसजोस्टर हुने संभावना प्रबल हुन्छ । कारण के भने भेरीसेला जोस्ट नामक भाईरस शरीरमा एक पटक प्रवेश गरिसके पछि चिकेनपोक्स ठीक भइसकेपश्चात् पनि यो भाइरस नर्वस सिस्टम जान्छ र जीवनपर्यन्त सुषुप्त अवस्थामा शरीरभित्रै रहिरहन्छ । आफ्नो अनुकूल परिस्थतिमा  वा शरीरको प्रतिरोधक क्षमता कम भएमा यो पुन: देखापर्ने गर्दछ ।

मधुमेह, मुटुको रोगी, एड्स रोगी, किड्नीको रोगी र क्यान्सरलगायतका पुराना रोगीहरुमा उनीहरुको आन्तरिक शारीरिक क्षमता कमजोर हुन्छ । यसबाहेक लामो समयसम्म उपचारको क्रममा स्टेराएड्स जस्तै-प्रेडनिसोन औषधिको सेवन गर्नेमा पनि हर्पसजोस्टर हुने खतरा बढी रहन्छ ।

# कारण :  

यो रोग किन हुन्छ यसको कारण स्पष्ट त छैन, तर चिकित्साविद्हरु (छालारोग विशेषशज्ञ)को भनाइअनुसार जब हाम्रो शरीरको प्रतिरोधक क्षमता कमजोर हुन्छ । जसले गर्दा शरीर कमजोर हुन जान्छ । त्यसबेला यसको भाईरस नर्वस पथ-वे अर्थात् स्नायुमार्गको बाटो हुँदै हाम्रो छालासम्म पुग्छ । सामान्यतया यो रोग बढ्दो उमेर तथा पचास वर्षभन्दा बढी उमेर भएका मानिसहरुमा लाग्ने संभावना बढिरहन्छ । यसबाहेक अन्य कारणहरुमा

– रोग प्रतिरोधात्मक क्षमता कम हुनु

– शारीरिक तथा मानसिक तनाव बढी हुनु

– निन्द्राको अभाव आदीलाई लिन सकिन्छ

# लक्षण :

दाना निस्किनुभन्दा अगाडि प्रभावित पाटामा दर्द हुनु यस रोगको प्रमुख लक्षण हो । दर्द भएको केही दिनपश्चात् त्यस ठाउँमा रातो–रातो डाबर आउन सुरु हुन्छ । सुरुमा छालामा मसिनो डाबर आउनु । पछि खटिराको रुपमा विकास हुनु । खटिरा घाउको रुपमा परिणत हुनु । सो घाउ वरिपरिको क्षेत्रको छाला अति नै संवेदनशील हुनु र छुँदा पनि साह्रै दुख्नु । ज्वरो आउनु । खटिरा आउने ठाऊँमा धेरै दुख्ने । चिलाउनु, पोलेकोजस्तो अनुभव हुनु । झस्का हानेको जस्तो दुख्ने । पानीका स-साना फोका आउने । शरीरको कुनै पाटोमा खटिरा आउने । हात, पाखुरा, छाती, पेट, पिठ्युँ, खुट्टा वा कुनै पनि ठाँउमा आउन सक्छ । तर, अधिकांश रुपमा डाबरहरु शरीरको माथिल्लो भागमा नै निस्किन्छ । यसको अलावा कसै-कसैलाई ज्वरो आउनुकोसाथै शरीरका जोर्नीहरु दुख्नु, टाउको दुख्नु, बढी लाईट सहन न हुनु, थकान महसुस हुनु आदि जस्ता शिकायतहरु पनि देखिन्छ ।

# जोखिम :

समयमा नै जनैखटिराको औषधोपचार गरिएन भने यसरोबाट प्रभावित व्यक्तिको आखाँको दृष्टि कमजोर हुने । बिरामीको मुख बांगो हुने । ब्रेन हेमरेज भई बिरामीको मृत्यु पनि हुन सक्छ ।

# ऊपचार :

हर्पसजोस्टरको बारेमा गाउँघरमा एकप्रकारको अन्धविश्वास वा भ्रम रहेको देखिन्छ । के भने, जनैखटिरा भएपछि यो रोग निको हुँदैन । ब्यक्तिको मृत्यु हुन्छ । जुन एकदमै गलत कुरा हो । जनैखटिरा आएपछि कसैलाई दुई-तीन हप्तामा ठीक हुन्छ भने कतिपय दीर्घरोगबाट पीडित बिरामीलाई एक/दुई वर्षसम्म यसले दु:ख दिइरहन्छ । यसकारण बेलामै संबन्धित (छालारोग विशेषज्ञ)लाई कन्सलट गरी यस रोगको उपचार गराउनु पर्दछ ।

# होमियोप्याथिक उपचार : होमियोप्याथिक चिकित्सामा रोगीको शारीरिक एवं मानसिक अवस्थालाई ध्यानमा राखेर ऊपचार गर्ने गरिन्छ । हर्पसजोस्टर (जनै खटिरा)को उपचारमा रोगीको लक्षणअनुसार प्रयोग हुने केही होमियोप्याथिक औषधिहरु निम्न लिखित छन् । जसको प्रयोग आफ्नो नजिक कुनै योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग परामर्श लिई प्रयोग गर्नु उचित हुन्छ ।

# औषधिहरु :

(१) रेनन्क्युलस (२) रसटक्स (३) टरेन्टुलाक्युबेन्स (४) मेजेरियम (५) आर्सेनिकएल्ब (६) सिकोटा विरोसा (७) थुजा (८) आईरिस भर्स (९) डल्कामारा (१०) केन्थरिस (११) परुनस स्पाईनोसा (१२) सोरिनम आदी ।

# सल्लाह :

संक्रमण अवस्थामा भएको रोगीको ऊचित हेरविचार र सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसका साथै बिरामीको लुगा, बेडसिट, तौलिया, रुमाल, काँइयो आदिलाई तातोपानीले धोएर जीवाणुरहीत बनाउने । डाबर चिल्लाएको अवस्थामा नङले वा कुनै प्वाईन्टेट वस्तुले कन्याउनु हुँदैन । साह्रै नै चिलाएको छ भने सफा नरम कपडाले माथिबाट हल्का किसिमले सुमसुम्याने गर्नाले पनि चिलाउनमा राहत मिल्छ । आवश्यकता अनुसार पर्याप्त मात्रामा निदाउनु पर्छ । चर्को घाममा लामो समय बस्नु हुँदैन । शारीरिक एवं मानसिक तनाव सकभर कम गर्नु पर्छ ।

# खानपान :

यस रोगको उपचारको क्रममा बिरामीले आफ्नो खानपानमा समेत ध्यान दिनुपर्छ । उचित खानपानले पनि रोगलाई निको पार्नमा मद्दत गर्दछ । यस रोगबाट पीडित बिरामीले आफ्नो खानामा माछा, मासु, गेडागुडी, दूध, चिज, मुंगको दाल, लसुन, हरियो सागपात समावेश गर्नु पर्छ । बदाम, पेश्ता, काजू, ओख्खर, चक्लेट, मिठाई, जौ, गहुँबाट बनेका परिकार भटमास आदि जस्ता खाद्य पदार्थहरुको सेवनले भाईरसलाई वृद्धि गर्ने हुँदा यसलाई नखानु नै वेश हुन्छ । अस्तु

कान्तिपुरबाट

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*