timthumb-phpजुम्लामा उत्पादन हुने अर्गानिक स्याउ राजधानी भित्रिएको छ। काठमाडौं उपत्यकाका प्रमुख चोकहरुमा जुम्लाको अगार्निक स्याउको बिक्री सुरु भइसकेको छ।
एस डिके एप्पल गार्डेनिङ्गले विगत ४ वर्षदेखि जुम्लाको अगार्निक स्याउ बिक्री वितरण गरिरहेको छ। जुम्लाको ताजा र गुणस्तरीय स्याउ उपत्यकाका फलफूल पसलहरुबाट प्रतिकिलो  १ सय ४० देखि १ सय ६० रुपैयाँमा खरिद गर्न सकिने एस डिके एप्प्ल गार्डेनिङ्गका सञ्चालक दिनेश खड्काले यस्तो जानकारी दिए।
खड्काअनुसार जुम्लाबाट सिधै उपत्यका ल्याइएका यस्ता स्याउमा मानव स्वास्थ्यमा हानी पु¥याउने कुनै पनि विषादीको प्रयोग गरिएको छैन। दानालाई  आकर्षण बनाउन कुनै पनि प्रकारका रयाउन तथा मैनको प्रयोग नभएको जानकारी गराउँदै खड्काले आफ्नो स्वास्थ्यप्रति सचेत हुन जुम्लाकै स्याउ सेवन गर्न सुझाव दिए।
डिके एसले विगत चारवर्षदेखि उपत्यकामा जुम्लाको स्याउ बिक्री गर्दै आएको छ। गत वर्षमात्र १५ टनको हाराहारीमा स्याउ बिक्री गरेको थियो। गतवर्ष प्रतिकिलो १ सय २० देखि १ सय ५० रुपैयाँमा बिक्री भएकोमा यसवर्ष भने जुम्लामा लामो सयमसम्म परेको खडेरी र ढुवानीे समस्या, उत्पादनमा आएको कमीले गर्दा उपभोक्ता मूल्य केही बढी भएको खड्काले बताए। २०७० सालमा ८ टन स्याउ बिक्री गरेको डिके एसले प्रत्येक वर्ष व्यापार बढाउँदै गएको छ ।
जुम्लाबाट ल्याइएको स्याउको बिक्री वितरण बानेश्वरको ‘अल इन वन सुपरमार्केट’ बाट  भोलीबाट बिक्री गरिने र दशैको लागि सञ्चालन गर्ने सुपथ पसलमा समेत यी स्याउहरु पाउन सकिने खड्काले जानकारी दिएका छन्।
 सेतोपाटी
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*