timthumb.phpएकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) तरिकाले खेती गर्दा फाइदा हुने भएपछि किसानहरु यसतर्फ आकर्षित भएका छन्।
आम्दानी पनि बढ्ने, मानवीय स्वास्थ्यमा असर नपर्ने र माटोको उर्वराशक्तिको पनि विकास हुने भएकाले आइपिएम तरिकाले खेती गर्न थालिएको चितवनको पदमपुरकी किसान सरस्वती आचार्यले बताइन्।
“विगतमा विषादी धेरै प्रयोग गर्ने गरिन्थ्यो, अहिले छाडियो”– आचार्यले भनिन् “यो सीप सिकेपछि जैविक प्रणाली र आइपिएम प्रविधिबाट तरकारी लगाउन थालेका छौँ।”
गाउँमा सात महिना लगाएर आइपिएम तरिका र किसानको परम्परागत तरिकाले खेती गरी परीक्षण गरिएको थियो । सो परीक्षणमा निक्कै अन्तर पाइएपछि किसानले आइपिएम विधि अपनाउन थालेका हुन्।
पदमपुरको २४ किसान परिवार उक्त परीक्षणमा सहभागी थिए । स्थानीयले अहिले नयाँ विधिबाट खेती गर्ने तरिका सिकेकाले आम्दानीसमेत बढेको पाइएको कृषि विज्ञ शिवराज पौडेलले बताए। अहिले परम्परागत तरिका छाडेर नयाँ तरिकाले तरकारी खेती लगाउन किसान आकर्षित भएको पौडेलको भनाइ छ।
विषादी कम छर्ने, सत्रुजीव र मित्रु जीव छुट्याउने र जैविक विषादी र प्राङ्गरिक मल हालेर तरकारी खेती लगाउँदा माटो राम्रो हुने र तरकारी उत्पादनमा पनि प्रभावकारी देखिएपछि उनीहरु यस्तो प्रविधि प्रयोग गर्न थालेका हुन् । चितवनको पदमपुर सयपत्री आइपिएम कृषक पाठशाला नै सञ्चालन गरेर किसानले उक्त तरिकाबारे जानकारी लिई खेती लगाउन थालेका छन्।
विगतमा तरकारी खेती गर्दा तरकारीलाई चाहिने मित्रु जीवसमेत मर्नाले बाली उत्पादनमा असर पर्ने गरेको थियो । तर यो आइपीएम प्रविधिबाट तरकारी खेती गर्दा निकै राम्रो र मित्रु जीवका कारण तरकारी बालीसमेत राम्रो हुने पौडेलले जानकारी दिए।
पदमपुरकी बिमला अधिकारीलाई पहिला तरकारी खेतीबारे केही जानकारी थिएन । “अहिले शत्रु जीव र मित्रु जीव छुट्याउन सक्ने मात्रै भएकी छैन, बिउ उमार्नेदेखि फलाउनेसम्मका नयाँ विधिबारे जानकारी छ”–अधिकारीले भनिन् । उनी मात्रै होइन तुलसी आचार्यले पनि नयाँ विधिबाट खेती गर्ने कला सिकेकी छन्।
अहिले त्यसै खेर जाने गन्धेझार, गाईको दूध, गहुँत, घ्यूकुमारी, निम, सयपत्री, मेथीको पात, लसुन, खरानी, सुर्ती, असुरो, मेवाको पात, गोलभेँडाको पात, वनमारा, बकाइनो, बेसारको पात, तितेपाती, खिर्रो, अदुवालगायत उनका लागि अत्यन्त उपयोगी भएका छन् । यसैबाट किसान आफैँ जैविक विषादी बनाएर लाही र कीरा भगाउँछन् ।
खनजोत गरेपछि मसिनो माटो बनाउने, खरानी माटो, बालुवा माटो मिसाएर मलिलो माटोले छोप्ने । बिउ राखेर बोराले छोप्ने गर्दा बिउ राम्रो हुने किसान बताउँछन् । रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*