प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एक नगरपालिका र एक गाउँपालिकामा ‘माछा ब्लक’ कार्यक्रम सुरु गरिएको छ ।
परियोजना अन्तर्गत गौरादह नगरपालिका र कचनकवल गाउँपालिकाको ६० हेक्टर जमिनमा माछा ब्लक कार्यक्रम सुरु गरिएको जिल्ला कृषि कार्यालयका सहायक प्राविधिक प्रदीप श्रेष्ठले जानकारी दिए।
उनका अनुसार ब्लक कार्यक्रमलाई विस्तार गरी माछा जोनका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
यसका लागि पाँच सय हेक्टर जमिनमा माछापालन गर्नुपर्ने हुन्छ । माछा ब्लक क्षेत्रमा पोखरी खन्नका लागि प्रतिहेक्टर रू तीन लाख १४ हजार रुपैयाँ बजेट आएको सहायक प्राविधिक श्रेष्ठले बताए।
हाल झापामा माछाको उत्पादकत्व तीन दशमलव पाँच प्रतिशत रहेकामा यसलाई वृद्धि गरी चार बनाउने लक्ष्य छ । झापामा अहिले वार्षिक करिब एक हजार मेट्रिक टन माछा उत्पादन हुँदैआएको छ ।
यसैबीच, कार्यालयले जिल्लाभरका ४५ जना किसानलाई नयाँ पोखरी निर्माणका लागि  ४५ लाख अनुदान उपलब्ध गराएको छ । पन्ध्र हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माणका लागि किसानलाई रकम उपलब्ध गराइएको प्राविधिक सहायक श्रेष्ठले जानकारी दिए। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*