नजिकिदै गएको स्थानीय चुनावलाई दृष्टिगत गरी विभिन्न पार्टीले घोषण पत्र जारी गरेका छन् । सो घोषणा पत्रमा अर्थतन्त्रको तीन खम्बे नीतिका रुपमा रहेको सहकारीका लागि कसको घोषणा पत्रमा के छ ? 

नेपाली कांग्रेस
१.नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय सरकारलेसहकारी संस्था र आन्दोलनलाई लोकतान्त्रिक अभ्यास, आर्थिक समृद्धि र गरिवी निवारणको माध्यमको रुपमा विकास गर्नेछ ।
२.उत्पादन वृद्धि, उत्पादनको प्रशोधन तथा बजारीकरण, ग्रामीण वचत परिचालन तथा कर्जा प्रवाहमा सहकारीकोभूमिका बढाइनेछ । माछा, फलफूल, चिया, कफी, मह, दुध, अलैँची, अदुवा, मासु आदि उत्पादनका लागि किसानहरुकै सहकारी स्वामित्वमा रहनेप्रशोधन केन्द्रहरु स्थापना गर्न सरकारले पूँजीगत अनुदान दिनेछ । सहकारी मार्फतकोअनुदान उत्पादनका आधारमा दिइनेछ ।

३.तरकारी, फलफूल तथा पशुधनको थोक बजार संचालन गर्न प्रत्येक गाउँ÷नगरपालिका क्षेत्रमा कृषि बजार पूर्वाधार निर्माण गरिनेछ।कृषकहरुको उत्पादनलाई सहज ढंगलेबजार व्यवस्था गर्न एक वार्डएक हाट बजार योजना संचालन गरिनेछ ।

४.नेपालका बहुसंख्यक नागरिक अझैपनि औपचारिक बैंकिङ सञ्जाल भन्दा बाहिर छन्। सबैको पहुँचमा वित्तीय सेवा भन्ने नारालाई सार्थक बनाउन ठूला वित्तीय संस्थाहरुलाई अविलम्व सेवा विस्तार गर्न प्रोत्साहन दिइनेछ । गाउँपालिकाका प्रत्येक वडाहरुमा वैंकिङ्ग सेवा सुविधा पु¥याइनेछ । १६ वर्षनाघेका सबै नागरिकहरुको वैंक खाता खोल्नेव्यवस्था गरिनेछ ।

५.राष्ट्रिय ग्रिडबाट बिजुली बाल्न नपाएका ग्रामीण क्षेत्रहरुमा समुदायमा आधारित विद्युत् वितरण कार्यलाई व्यवस्थित बनाउँदै उपभोक्ता समूह र सहकारीलाई स्थानीय तहमा विद्युत्वितरण लाइन निर्माण गर्न पूँजीगत अनुदान सहयोग गर्ने नीति पनि कांग्रेसले लिनेछ ।

????????????????????????????????????

नेकपा (एमाले)
१.संविधानले व्यवस्था गरेको तीन खम्बे अर्थनीति अनुरुप सहकारी क्षेत्र लाई आर्थिक समृद्धि, जनताको जीवनस्तर वृद्धि, कृषिको व्यवसायिकरण र रोजगारी अभिवृद्धिको माध्यमका रूपमा अगाडि बढाइने छ ।

२.नेकपा (एमाले) को सरकार बनेको तीन बर्षमै ‘एक घरः एक रोजगारी’ सुनिश्चित गरिने छ । १० बर्ष्भित्रमा १८ बर्ष पुगेका प्रत्येक नागरिकले रोजगारी पाउने गरी कार्ययोजना सुरु गरिनेछ । प्रत्येक गाउँ÷नगरपालिकामा कृषि, पशुपंछी पालन, फोहरमैला व्यवस्थापन, जैविक उर्जा, घरेलु, लघु र मझौला उद्योगहरू, शीत भण्डारहरू सञ्चालनका माध्यमबाट ठूलो मात्रामा रोजगारी एवम् स्वरोजगारी सिर्जना गरिने छ ।

३.देशका सबै गाउँ र शहरका सबै टोलहरूमा रहेका बेरोजगार व्यक्तिहरूलाई उत्पादक सहकारीमा आबद्ध गरी स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न प्रेरित गरिने छ ।४.सहकारीहरूले सञ्चालन गर्ने व्यवसायहरूका लागि तोकिएको मापदण्डको आधारमा अनुदान दिइनेछ । उत्पादक सहकारीले स्वरोजगार कार्यक्रमअन्तर्गत सञ्चालन गर्ने कृषि, पशुपन्छी पालन, घरेलु तथा कुटी र उद्योग, कारिगढी र सीप अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्न राज्यबाट विशेष वित्तीय व्यवस्था सञ्चालन गरिने छ । सबै सहकारीहरूको बीमा व्यवस्था गरिने छ ।

५.सहकारीले आपसमा साझेदारी गरी खोल्ने शीतभण्डार निर्माण गर्दा सरकारले विशेष अनुदान प्रदान गर्नेछ । सहकारीहरूबाट उत्पादित वस्तुले बजार प्राप्त नगरेको अवस्थामा समेत सरकारले खरिद गर्नेछ र जैविक ऊर्जा विद्युत् उत्पादनमा प्रयोग गर्नेछ ।

६.आम जनता, पार्टी कमिटी, कार्यकर्ता र जनवर्गीय संगठनहरूलाई उत्पादन सहकारीमा संलग्न हुन र मुलुकको आर्थिक विकासमा योगदान गर्न प्रोत्साहन गरिने छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नयाँ शक्ति नेपालको घोषणापत्रमा कतैपनि सहकारी भन्ने शब्द समेत समावेश नै गरिएको छैनन् । माओबादी केन्द्र र राष्ट्रिय जनता पार्टी (राजपा) को घोषणा पत्र सार्बजानिक गर्न बाँकी नै छ ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*