timthumb-phpजिल्लामा तरकारीखेती गर्ने युवाको सङ्ख्या क्रमिक रुपमा बढ्दै गइरहेको छ।
युवा लक्ष्यित कार्यक्रमअन्तर्गत ५० जना युवकलाई जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराउने अनुदानका लागि २११ जनाले निवेदन दिएको कार्यालयले जनाएको छ।
व्यावसायिक तरकारी खेती गर्न चाहने युवाको सङ्ख्या बढेकाले धेरैको निवेदन परेको कार्यालयका सूचना अधिकारी नरेश घिमिरेले बताए।
कार्यालयले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिदिने उद्देश्यले अनुदान दिन लागेको हो। नगर क्षेत्रमा विभिन्न जिल्लाका युवा भाडामा जग्गा लिएर तरकारी खेती गरिरहेका छन्। उनले भने– “बजार सहजताका कारणले पनि ललितपुरमा व्यावसायिक रुपमा तरकारीखेती गर्नेहरु बढिरहेका छन्।”
तरकारी खेतीमा प्रति किसानले दुईवटा प्लास्टिक घर र थोपा सिँचाइका लागि कार्यालयबाट अनुदान पाउँछन्। कार्यालयले ५० प्रतिशत अनुदान दिने र बाँकी ५० प्रतिशत किसानले बेहोर्नुपर्ने नियम छ । उनले भने – “किसानमा आफ्नो पनि लगानी हुँदा खेती मन लगाएर गर्ने हामीले पाएका छौँ।”
अठारदेखि ५० वर्षसम्मका युवालाई लक्ष्य गरेर यो कार्यक्रम सञ्चालन गरिएको छ। सकेसम्म अघिल्ला वर्ष कार्यालयबाट सहयोग लिएकालाई नदोहोर्याउने नीति लिइएको छ। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*