timthumb.phpपरम्परागत खेती गर्न छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेपछि यहाँका युवाले मनग्य आम्दानी लिन थालेका छन्।
मुझुङ गाविसका ४० देखि ५० घरपरिबार मकै, भटमास, कोदो, फापर खेती गर्न छाडेर व्यावसायिक रुपमा तरकारी खेती गरी आम्दानी गर्न सफल भएका छन्। वर्षमा मकै र जौ, गहुँ गरी दुई खेती गर्नेले अहिले बारीमा तीन चार पटकसम्म तरकारी उत्पादन गर्न सफल भएका छन्।
परम्परागत खेती गर्ने घटे पनि व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । विदेशबाट फर्केका, प्रहरी, सेना, शिक्षक तथा निजामती सेवाबाट अवकाश पाएका व्यक्ति तरकारी खेतीमा संलग्न छन्।
किसानले बारीमा सिमी, बोडी काउली, गोलभेँडा, खुर्सानी, बन्दागोभी लगायतका मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वार्षिक ५० हजारदेखि  पाँच लाखसम्म आम्दानी गर्दैआएका छन्। मुझुङ गाविस–७ का हुमबहादुर कार्कीले तरकारी बेचेर वार्षिक रु पाँचदेखि रु सात लाखसम्म आम्दानी गरिरहेका छन्। मकैमात्र फल्ने बारीमा अहिले उनले बाह्रै महिना तरकारी खेतीबाट आम्दानी गर्न सफल भएका छन्।
तीन चार महिना पनि खान नपुग्ने बारीमा अहिले तरकारी खेतीबाट एक लाखदेखि दुई लाखसम्म किसानले आम्दानी गर्दैआएका छन्। उत्पादित तरकारी सदरमुकाम तानसेन, बुटबल र स्थानीय बजारमा खपत हुने गरेको छ। किसान तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी विदेशबाट फर्केका युवा व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन्। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*