Vegitable_Farming_621768770

बनेपा: तरकारी उत्पादनमा अग्रणी जिल्लाको रूपमा चिनिँदै आएको काभ्रेका किसानले पछिल्लो समय तरकारी खेतीमा विषादी प्रयोगको मात्रा घटाउन थालेका छन्।
विषादीको प्रयोगले किसान र उपभोक्ता दुवैलाई असर गर्छ भन्ने थाहा पाएसँगै काभ्रेका किसानले विषादी प्रयोग घटाउन थालेका हुन्।
सरकारले प्रतिबन्ध लगाएको विषादी काभ्रेमा अझै पनि लुकाएर खरिदबिक्री हुने गरेको छ। कम्पनीले भारी छुट दिएर यस्तो विषादी किसानलाई बिक्री गर्ने गरेको एक भेटनरीमा काम गर्ने कर्मचारीले नाम नछाप्ने सर्तमा बताए।
उनका अनुसार किसान उत्पादन बढी हुने आसमा र भेटनरी बढी नाफा हुने आसमा यस्तो विषादी खरिदबिक्री गर्छन्। कृषि विकास कार्यालय धुलिखेलले भने प्रतिबन्धित विषादीको बिक्री पूर्ण रूपले बन्द भएको दाबी गरेको छ।
एग्रोभेटमा विषादी बिक्रीका लागि बस्ने कामदार बिनालाइसेन्सका र जानकारी पनि नभएका हुने गरेका छन्। लाइसेन्स एउटाको नाममा हुन्छ, काम अर्कोले गरेको हुन्छ। यसले जोखिम बढाएको सरोकारवाला बताउँछन्।
सरकारले क्लोडेन, डीडीटी, डाईअल्डिन, इन्ड्रिन, आल्ड्रिन हेप्टाक्लोर, मिरेक्स, टोक्पासेन, बीएचसी, लिन्डेन, फस्मामिडन, मिथायल पाराथायन, अग्रेनोमर्करी क्लोराइड र मोनोक्रोटोफन बिक्री गर्न रोक लगाएको छ। जिल्लामा ६८ वटा एग्रोभेट छन्।

‘सुरुसुरुमा प्रशस्त आम्दानी गर्ने र उत्पादन बढाउने सोचमा जथभावी विषादीको प्रयोग गर्ने गरे पनि अहिले अवस्था बदलिएको छ’, व्यावसायिक तरकारी खेती गर्दै आएका पाँचखालका रमेश अधिकारी भन्छन्, ‘पहिला जनचेतना थिएन, विषादीको असरबारे ज्ञान थिएन तर अहिले दुवैको अनुभव छ।
त्यसैले विषादीको सट्टा प्रांगारिक र कम्पोस्ट मलको प्रयोग बढाएका छौं’, उनले थपे, ‘लगानी पनि कम लाग्ने, उत्पादन पनि एकनासको हुने।’ अत्यधिक विषादी प्रयोगले केही वर्षअघि पाँचखालआसपास श्वासप्रश्वास, फोक्सोको रोग र क्यान्सर देखिएको थियो। साथै विषादीको उच्च प्रयोग गरेको भन्दै काभ्रेको तरकारी उपत्यकामा ल्याउन रोक लगाइएको थियो।
जिल्ला कृषि विकास कार्यालयले भने प्रयोग भएको विषादीको तथ्यांक गलत भएको दाबी गर्दै आएको छ। काभ्रेमा खपत भएको भनिएको विषादीमा सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखालगायतका जिल्लामा खपत भएको विषादीसमेत जोडेर अनावश्यक हल्ला गरिएको कार्यालयको दाबी छ।
‘जे भए पनि पहिलेको तुलनामा काभ्रेमा विषादी प्रयोग घटेको छ’, कार्यलयका अधिकृत थर्क जीसीले भने,’हामीले किसानका खेतबारीमै गएर हेरेका छौं। अहिले ६० प्रतिशत कम विषादी प्रयोग गर्छन्। आईपीएम कक्षा, जनचेतना र विषादीको असरबारे किसान आफैं सचेत भएका छन्।’ पछिल्लो समय किसानले प्रांगारिक विषादी र कम्पोस्ट मल प्रयोग गर्ने गरेका छन्।
जिल्लामा आर्थिक वर्ष २०६९/७० मा ८७ मेट्रिक टन विषादी खपत भएको थियो भने २०७०/७१ मा घटेर ८३ मेट्रिक टन खपत भएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका अधिकृत जीसीले जानकारी दिए।काभ्रेमा वार्षिक ६ अर्ब ५० करोडको आलु, ४० अर्बको हरियो तरकारी, ६० करोडको सुन्तला, ११ करोड ६६ लाख रुपैयाँको अलैंची, ११ करोड ५० लाखको कफी, ७५ करोडको गालभेडा उत्पादन हुने गरेको छ।

लुकाएर प्रतिबन्धित विषादी खरिदबिक्री
सरकारले प्रतिबन्ध लगाएको विषादी काभ्रेमा अझै पनि लुकाएर खरिदबिक्री हुने गरेको छ। कम्पनीले भारी छुट दिएर यस्तो विषादी किसानलाई बिक्री गर्ने गरेको एक भेटनरीमा काम गर्ने कर्मचारीले नाम नछाप्ने सर्तमा बताए।
उनका अनुसार किसान उत्पादन बढी हुने आसमा र भेटनरी बढी नाफा हुने आसमा यस्तो विषादी खरिदबिक्री गर्छन्। कृषि विकास कार्यालय धुलिखेलले भने प्रतिबन्धित विषादीको बिक्री पूर्ण रूपले बन्द भएको दाबी गरेको छ।
एग्रोभेटमा विषादी बिक्रीका लागि बस्ने कामदार बिनालाइसेन्सका र जानकारी पनि नभएका हुने गरेका छन्। लाइसेन्स एउटाको नाममा हुन्छ, काम अर्कोले गरेको हुन्छ। यसले जोखिम बढाएको सरोकारवाला बताउँछन्।
सरकारले क्लोडेन, डीडीटी, डाईअल्डिन, इन्ड्रिन, आल्ड्रिन हेप्टाक्लोर, मिरेक्स, टोक्पासेन, बीएचसी, लिन्डेन, फस्मामिडन, मिथायल पाराथायन, अग्रेनोमर्करी क्लोराइड र मोनोक्रोटोफन बिक्री गर्न रोक लगाएको छ। जिल्लामा ६८ वटा एग्रोभेट छन्।
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*