chitwan_Tanelmaa-Tarkaari_678719139तरकारी खेतीको आम्दानीबाट पुरनले घरखर्च चलाएर बचतसमेत गरेका छन्, श्रीमती, एक छोरी र दुई छोरालाई खानलाउन पुर्‍याएका छन्। पढाइ छाडेको जेठा छोराले उनलाई बारीमा सघाउँछन्।
माइली छोरी कक्षा सातमा र कान्छो छोरा कक्षा चारमा पढ्छन्। ‘पहिले बारीमा मकै र कोदो लगाउँदा खान पनि पुग्दैनथ्यो’, पुरन भन्छन्, ‘अहिले तरकारी बेचेर चामल किन्छु, खानलाउन राम्रैसँग पुगेको छ।’ पुरनमात्र होइन, गोठडाँडामा रहेका १५ घर चेपाङ सबैले आयआर्जनका लागि तरकार खेती सुरु गरेका छन्।
गोठडाँडाका चेपाङमध्ये पुरन अगुवा किसान हुन् । उनले तरकारी खेती सुरु गरेको दुई वर्षमात्र भयो । अन्य चेपाङ परिवारले पुरनले तरकारी खेतीबाट आम्दानी गरेको देखेर यसै वर्षबाट तरकारी खेती सुरु गरेका हुन्।
तरकारी खेतीका सुरुवाती दिन सम्झँदै पुरन भन्छन्, ‘हाम्रो गाउँमा तरकारी खेती सुरु भएको १० वर्षजति भयो । यहाँका पाँच घर तामाङले तरकारी खेती सुरु गरेर अहिलेसम्म निरन्तरता दिएका छन्। ‘गाउँमा तरकारी खेती सुरु गर्ने अक्कल तामाङको बारीमा काम गर्दागर्दै मलाई आफैंले आफ्नै बारीमा तरकारी खेती गर्न पाए हुन्थ्यो भन्ने लाग्यो’, पुरनले भने।
छिमेकी अक्कलको १० कट्ठा तरकारी बारीमा काम गरेर कुन समयमा के तरकारी लगाउने र कसरी बजार पुर्याउने भन्ने ज्ञान हासिल गरेपछि पुरनले आफ्नै बारीमा तरकारी खेती सुरु गरे।
‘मैले ११ हजार पाँच सय रुपैयाँ खर्च गरेर तरकारी खेती सुरु गरेको थिएँ’, उनले भने, ‘यहाँबाट कोराककै किरनटारसम्म डोकोमा बोकेर तरकारी लैजान्छु । त्यहाँबाट जिपमा राखेर पूर्वपश्चिम राजमार्गमा पर्ने वीरेन्द्रनगर बजारसम्म पुर्याएर बिक्री गर्छु।’ गाउँमा सिमी, राजमा, गोलभेडा, बोडीलगायतको खेती हुने गरेको उनले बताए।
बाटोले बढार्यो विपन्नता
पूर्वी चितवनको भण्डारादेखि पहाडी गाविस लोथर हुँदै धादिङको मलेखुसम्म पुग्ने कृषि सडकले छोएको कोराक र लोथर गाविसमा पर्ने गाउँका चेपाङ र अन्य जनजाति बारीको उत्पादन बजारसम्म पुग्न थालेकोमा दंग छन्।
विकट पहाडी थलोमा बस्दै आएका आदिवासी जनजातिको विपन्नतालाई बाटोले बढार्न थालेको छ।कोराक गाविस ७ तीनतलेका जीतबहादुर रुम्बालाई पनि गाउँमा सडक आएपछि राहत मिलेको छ।
तरकारी खेती गरेर दुई महिनामा १५ हजार रुपैयाँ कमाएको सुनाउँदै रुम्बा भन्छन्, ‘बाटो खुलेपछि असाध्यै सजिलो भएको छ।थाप्लामा नाम्लो हालेर बजारबाट नुनतेल ल्याउनुपर्ने अवस्था हटेको छ । पहिला खानलाई समेत समस्या थियो, अहिले त्यो अवस्था छैन।
बारीको सबै तरकारी बिक्री हुन्छ। त्यही पैसाले घरखर्च चलेको छ।’ गाउँमा हिउँदमा सिँचाइका लागि पानीको समस्या रहेको उनले बताए।’करेसाबारीमा लगाएको तरकारी धेरै फलेमा बिक्री गर्न पाइँदैनथ्यो।
अहिले सडक बनेपछि गाउँमै गाडी आएको छ, बेच्न सजिलो भएको छ’, कोराकसँग सीमा जोडिएको लोथर गाविस ६ बासवाङका कृष्णबहादुर चेपाङ भन्छन्, ‘खेती गरेका छौं, फलेको अन्न र तरकारी बेचेर औषधि किन्न पाइएको छ।
बाटो नबन्दा तीन दिन लगाएर डोकोमा भारी बोकेर भण्डाराबाट ल्याउनुपथ्र्यो, बिरामीलाई डोकोमा हालेर उपचार गर्न लैजाँदालैजाँदै कति मरे। बाटो बनेपछि गाउँ अहिले स्वर्ग भएको छ ।’ तरकारी बिक्री गरेर एक सिजनमा २० देखि ३० हजारसम्म कमाएको उनले सुनाए।
पाँच वर्षअघि निर्माण थालनी थालनी भइको भण्डारा-मलेखु सडक खण्डको प्राथमिक काम पूरा भएपछि अहिले साना सवारीसाधन सञ्चालनमा आएका छन्। विकट पहाडी क्षेत्रमा आफ्नै आँगन हुँदै गाडी चल्न थालेपछि गाउँमा फलाइएका तरकारी सडकसम्म ल्याएर बिक्री गर्ने र गाडीको प्रयोग गरेर बजारसम्म ल्याउने काम सुरु भएको छ।
सडक सुविधाले स्थानीयको आर्थिक स्तर उकासिएको छ। बजारसम्म पहँच बढेपछि तरकारी खेती गर्ने र खसीबोका पाल्ने बढेका छन्। कोराक र लोथरका विपन्न समुदायले अहिले व्यावसायिक रूपमै तरकारी खेती गर्न थालेका छन्।
विकट पहाडी क्षेत्रमा आफ्नै आँगन हुँदै गाडी चल्न थालेपछि गाउँमा फलाइएका तरकारी सडकसम्म ल्याएर बिक्री गर्ने र गाडीको प्रयोग गरेर बजारसम्म ल्याउने काम सुरु भएको छ। सडक सुविधाले स्थानीयको आर्थिक स्तर उकासिएको छ।
चितवनको विकट पहाडी गाविस कोराक ५ गोठडाँडाका ४१ वर्षीय पुरन चेपाङले एक कट्ठामा फलाएको चार क्विन्टल गोलभेंडा बेचेर यसपालि २५ हजार रुपैयाँ आम्दानी गरे।
पोहोर साल उनले २८ हजार पाँच सय रुपैयाँको गोलभेडा बेचेका थिए। आफूसित भएको १० कट्ठा जमिनमध्ये उनले पाँच कट्ठामा सिमी लगाएका छन्।
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*