अन्तर्राष्ट्रिय मानवीय सहायता पुरस्कार– २०१७’ यस वर्ष फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका अध्यक्ष सूर्यबहादुर थापाले प्राप्त गरेका छन ।

अन्तर्राष्ट्रिय गैर सरकारी संस्था डि.सि.ए. डेनमार्क मार्फत हरेक वर्ष प्रदान गर्दै आइरहेको उक्त पुरस्कार नेपालबाट थापाले पाएका हुन् । मानवीय सहायताको क्षेत्रमा अतुलनीय योगदान प्रदान गर्ने व्यक्तिलाई डि.सि.ए, डेनमार्कले आफ्नो कार्यालय रहेका ४० देशमध्येबाट सिफारिस गरिएका व्यक्तिमध्ये एक जनालाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

उक्त पुरस्कार यस बर्ष अप्रिल २९ तारिखका दिन कोपनहेगनमा आयोजित विशेष समारोहकाबीच प्रदान गरिने कार्यक्रम छ । थापा विगत ३० वर्षदेखि सामाजिक सेवा, मानवीय सहायता र मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।

उनी राष्ट्रिय विपद व्यवस्थापन संजाल नेपाल (डिमान) का केन्द्रीय अध्यक्ष समेत हुन् । २०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट प्रभावित भएका र जनधनको क्षति भएका ललितपुर र भक्तपुर जिल्लाका भूकम्प प्रभावितहरुलाई थापाको अगुवाईमा उनको संथाले प्रभावकारी उद्दार र राहत कार्यक्रम सञ्चालन गरेको थियो ।

उपत्यकाका दुई प्रभावित जिल्लामा थापाको अगुवाईमा आर्थिक सहायता प्रदान गर्नुको साथै खानेपानी, सरसफाई, विपद जोखिम न्यूनिकरण, मनोसामाजिक परामर्श, सुरक्षित आवासका लागि जनचेतना मूलकजस्ता अभियान समेत सञ्चालन हँुदै आइरहेको छ ।

हालसम्म ललितपुर र भक्तपुरमा करिव ४० हजार भन्दा बढि भूकम्प पीडितहरुले संस्थाको तर्फबाट प्रत्यक्ष सहयोग प्राप्त गरिसकेको थापाले बताए । यसअघि सरकारले प्रदान गर्दै आएको दैवी प्रकोप उद्दार पदक र गैर सरकारी संस्था महासंघ नेपालबाट प्रदान गरिएको उत्कृष्ट विकासकर्मी पुरस्कार–२०५२ बाट थापा पुरस्कृत भैसकेका छन् ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*