स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक एकलाख भन्दा बढी आम्दानी गर्ने गरेका छन्।
चारवर्ष विदेशी भूमिमा पसिना बगाएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता गरी भैंँसीपालन व्यवसाय थालनी गरेका हुन्।
झन्डै तीन वर्षअघि तीनवटा भैँसीबाट व्यवसाय सुरु गरेका पौडेलको फर्ममा हाल १७ वटा उन्नत् जातका भैँंसी छन् ।
“हाल पाँचवटा भैँंसीबाट दैनिक ४० लिटर दूध उत्पादन हुन्छ” युवा व्यवसायी पौडेलले भने, “दूधको माग अत्याधिक छ तर नजिक डेरी छैन बजारसम्म पुर्याउन दैनिक मोटरसाइकल प्रयोग गर्ने गरेको छु ।”
पौडेलले २० रोपनी जमिन भाडामा लिएर अहिले भैँंसीपालनसँगै भैँंसीका लागि आवश्यकपर्ने घाँस, मौसमी तथा बेमौसमी तरकारी र सुन्तलाखेती गर्दै आएका छन्।
“सुरुमा विदेशी भूमिमा पसिना बगाउन पुगेँ, त्यहाँ त्यति सन्तुष्ट हुनसकिन र स्वेदश फर्किए” उनले भने “स्वदेश आएर कुखुरापालन र घ्यूकुमारीखेती गरे त्यो पनि सफल भएन र अहिले भैंँसीपालन व्यवसाय सञ्चालन गरेँ, यसमा आम्दानी पनि भएको छ म पनि सन्तुष्ट छु ।” पौडेलले फर्ममा रहेको माउ भैँंसीको बिमासमेत गरेका छन्। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*