timthumb.phpस्याङ्जाको तिन्दोबाटे–६ झोल्पेका किसान टेकबहादुर दर्लामीले दूध बिक्री गरेर मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्छन्।
सतहत्तर वर्षीय उनी हाल सातवटा मुर्रा जातका भैँसीबाट दैनिक ३५ लिटरसम्म दूध बिक्री गर्छन्।
“काम गर्न उमेर छेक्दैन गर्नका लागि जाँगर हुनुपर्यो,” वृद्ध किसान दर्लामी भन्छन्– “उत्पादन भएको दूध बिक्रीका लागि समस्या छैन घरसँगै डेरी जोडिएकाले त्यही डेरीमार्फत दैनिक दूध बिक्री गरिरहेछु।”
घरमा आफू र दुईवटी बुहारी भैँसीका लागि घाँस र दानापानीको व्यवस्थामा जुट्ने गरेको उनी बताउँछन्। “यामअनुसार दूध बिक्रीबाट कहिले दुई लाखसम्म आम्दानी हुन्छ कहिले एक लाखमा पनि चित्त बुझाउनुपर्ने र सबै खर्च कटाएर औसत मासिक डेढ लाखसम्म बचत हुने उनको भनाई छ।
युवा रोजगारीका लागि मुलुकबाहिर गइरहेका अवस्थामा स्वदेशमै पशुपालन व्यवसाय गर्न सके राम्रो आम्दानी हुने भएकाले युवालाई पशुपालनमा लाग्न दर्लामी सुझाव दिन्छन्।
पशुपालनका लागि आवश्यक पर्ने घाँस खेतीसमेत गरेका उनी विभिन्न क्षेत्रबाट उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसकेका छन्। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*