timthumb.phpव्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि रामपुर नगरपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।
किसानले दूध बेचेर वार्षिकपाँच लाखसम्म आम्दानी गर्न थालेका छन् । रामपुर क्षेत्रमा उत्पादित दूध स्थानीय बजारमा नै खपत हुने गरेको छ । रामपुरमा मासिक २३ हजार लिटर दूध खपत हुने गरेको सीताकुण्ड दुग्ध उत्पादन सहकारी संस्थाले जनाएको छ । गत आवमा यहाँका किसानले दूध बिक्री गरी ९० लाख आम्दानी गर्न सफल भएका थिए । यस आवको ११ महिनाको अवधिमा ५८ लाखको दूध बिक्री भएको सहकारीका अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।
सहकारीले बिना धितो आफ्ना सदस्यलाई ५० हजारसम्म ऋण उपलब्ध गराउने गरेको छ । चारवटा सङ्कलन केन्द्रमार्फत किसानले उत्पादन गरेको दूध डेरीसम्म पु¥याइन्छ । सहकारीले एकहजार ४०० पशुको पशु बिमा समेत गरेको व्यवस्थापक हरि सिग्देलले बताए। “क्षतिपूर्ति पाउने व्यवस्थाले किसानलाई राहत पुगेको छ,” उनले भने । रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*