timthumb.phpधानको उत्पादन बढाउन नेपाल सरकारले यो वर्ष किसानहरुलाई धानको उन्नत बिउमा ४० प्रतिशत अनुदान दिएको छ।
राष्ट्रिय बिउबिजन कम्पनीले अनुदानको धानको बिउ कृषि सहकारीहरु मार्फत किसानहरुलाई धमाधम बितरण गरि रहेको छ । उन्नत जातको बिउ लगाएर खेती गर्दा धानको उत्पादनमा २० देखि २५ प्रतिशत सम्म बृद्धि हुने भएकाले धान खेतीमा किसानलाई प्रोत्साहन गर्नका लागि सरकारले धानको बिउमा अनुदान दिन सुरु गरेको हो।
राष्ट्रिय बिउ बिजन नेपालगन्ज स्थित क्षेत्रीय कार्यालयबाट वैशाख महिनाको पहिलो साता देखि नै उन्नत जातका धानका बिउहरु ४० प्रतिशत अनुदानमा धमाधम बिक्री भई रहेको छ।
बिउ बिजन कम्पनीने नेपालगन्जबाट राधा ४, साबित्री, मकवानपुर , सुख्खा १, सुख्खा ३ लगायत १० किसिमका धानका बिउहरु बिक्री गरि रहेको छ।
कार्यालयले धानको बिउहरुको गुणस्तर कायम गर्न बिउलाई प्रशोधन र प्याकेजिङ गरेर किसानहरुलाई बिक्री गर्ने गरेको छ। बिक्री गर्ने धानको बिउ ८८ देखि ९० प्रतिशत सम्म उम्रने र उत्पादन पनि राम्रो हुने भएकाले पछिल्ला दिनहरुमा किसानहरुको उन्नत बिउ प्रतिको आकर्षण बढ्दै गएको छ।
कार्यालयले सुख्खा मौसममा पनि राम्रो उत्पादन हुन सक्ने राधा ४, जानकी,  साबित्री , सुख्खा १, सुख्खा  ३   र मकवानपुर लगायत विभिन्न १० किसिमका उन्नत  जातका धानको मुल बिउ बिक्री  गरिरहेको क्षेत्रीय कार्यालय प्रमुख मेदी हसनले बताए।
कार्यालयले यो वर्ष नेपालगन्जबाट १ हजार मेट्रिक टन अनुदानको बिउ बिक्री गर्ने लक्ष्य राखेको छ। कार्यालयले मोटा धानको बिउ प्रति केजी २८ रुपैयाँ ३० पैसा, मध्यम जातका धान २९ रुपैयाँ ९१ पैसा र मसिनो धानको बिउ ३२ रुपैयाँ ३६ पैसामा बिक्री गर्दै आएको छ।
यो वर्ष हालसम्म करिब ३ सय मेट्रिक टन धानको बिउ अनुदानमा बितरण भई सकेको प्रमुख हसनले बताए।
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*