ललितपुर । ३ वर्ष पहिले सस्तो र ताजा तरकारी किन्न कालीमाटी तरकारी बजार पुगेका बद्री ढकाल र राधा ढकाल तरकारीको मूल्य आकाशिएको देखिएर झस्किएनन् मात्रै तिनमा प्रयोग हुने विषादीको जानकारीबाट तर्सिए नै । राजधानी आसपासमा उत्पादन हुने तरकारीको बजार मूल्य र प्रयोग हुने विषादीका कारण आफ्नो स्वास्थ्य र सम्पतिको सत्यानास भईरहेको सम्झेर आफ्नै घरको कौशीमा तरकारी रोप्न सुरु गरेका ढकाल दम्पतीको प्रयासले यतिबेला सार्थकता पायो जतिबेला विभिन्न महिला तथा तरकारी खेतीका समूहहरु अवलोकन भ्रमणका लागि उनीहरुको कौशीको अवलोकन गर्न आउन थाले । अहिले ढकाल दम्पतिको हरिसिद्धिमा रहेको घरको कौशीमा थुप्रै मौसमी र बेमौसमी तरकारीको खेती भईरहेको छ ।


आफ्नै जग्गा र खेतवारी भएका स्थानीयहरु दिनभर घाम तापेर कौशीमा बस्दा आफू तरकारीमा मल माटो मिलाउँदै गरेकी राधा ढकालले सुनाइन् हामीले तरकारी र फलफूल आफूले खान त पुराएका छौ अझ आफन्तहरुलाई कोशेली समेत पठाउन पुग्ने गरेको छ ।
जिल्ला विकास समिति ललितपुरका आन्तरिक लेखा परिक्षक बद्री ढकाल र जिविस अन्तर्गत दलचोकी गाविसको सचिवको रुपमा कार्यरत राधाको दम्पति साँझ विहान आलोपालो भान्छा र कौशीखेतीमा तालिका मिलाएर काममा लाग्छन् ।
यसरी तरकारी र फलफूलबाट कौशीको सौन्दर्य बढ्नुका साथै ताजा तरकारी र फलफूल खान पाएकोमा दंग छन् । ढकाल दम्पतिको कौशीमा बयर, अनार, आँप, एबोकाडो, अम्बा, स्ट्रबेरी, सुन्तला, मुन्तला, कागती लगायत २८ जातका फलफूल बगैंचामा भएको बद्री सुनाउँछन् । यो सबै राधाको मिहिनेतको कमाल हो मैले त सघाएको मात्रै हुँ, ढकालले सुनाए ।

हेटौडा घर भएका ढकाल परिवारको हेटौडामा परिचय नै फूल भएको घर भन्ने रहेको थियो । कौशीमा बाबरी, रोजमेरी जस्ता मसलेदार विरुवादेखि लौठसल्ला जस्ता जडिबुटी समेत खेती गरिएको छ । बृक्ष पाठशाला जस्तो देखिने यो कौशीखेतीले काँठ र शहरी क्षेत्रका लागि राम्रो सम्भावना देखाएको छ ।
यस क्षेत्रमा व्यावसायिक कौशीखेती समूह नै बनाएर काम थालिएको पनि राधाले बताएकी छन् । यस क्षेत्रका महिलाहरुले खेतीबाट प्रेरणा लिएको पनि ढकाल दम्पति बताउँछन् ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*