timthumb.phpगरिबी न्यूनीकरणमा निजी वन प्रभावकारी हुँदै गएको निजी वनधनीहरुले औँल्याएका छन् ।
काभ्रेपलाञ्चोकको बुडोलमा आइतबार जिल्ला वन कार्यालय, धुलिखेलले आयोजना गरेको अन्तक्रियामा उनीहरुले निजी वनबाट भरपुर लाभ उठाउन कोसिस भइरहेको बताए ।
खेर गएका बाँझो जग्गाको सदुपयोग गर्दै निजी वनमा जडीबुटी, काष्ठ वन पैदावारको खेती गरी लाभ उठाउन सकिन्छ निजी वन सञ्जाल, काभ्रेपलाञ्चोकका सचिव गोपालप्रसाद तिमल्सिनाले भने।
उनले त्यसका लागि निजी वनधनीको क्षमता अभिवृद्धिका साथै संस्थागत विकासमा जोड दिए।
जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले निजी वनमा आयआर्जन हुने र छिटो बढ्ने प्रजातिका बिरुवा रोप्न सुझाव दिँदै निजी वनले राष्ट्रिय अर्थतन्त्रमा ४६ प्रतिशत योगदान दिएको बताए ।
काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत रामकुमार भण्डारीले लोपोन्मुख र सङ्कटापन्न अवस्थामा रहेका प्रजातिका बिरुवा निजी वनमा बढाउनुपर्नेमा जोड दिँदै उत्तिस, पाटेसल्ला, चिलाउने, साल, लौठसल्लालगायत प्रजातिबाट वनधनीले लाभ उठाउन सक्ने बताए।
जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार आव ०७१÷७२ मा निजी आवादी वनबाट कुल एक लाख ९९ हजार ७७८.७८ क्यूफिट काठ निकासी भएको देखिएको छ । त्यसबाट कुल  ३४ लाख २६ हजार ६०१ रुपैयाँ राजस्वसमेत सङ्कलन भएको छ ।
जिल्लामा १४.२७८ हेक्टर क्षेत्रफलमा निजी वन रहेको छ त्यसमध्ये करिब दुई वर्षको अवधिमा १४ वटा निजी वन समूह दर्ता भएका छन् भने केही दर्ता क्रममा छन् । रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*