नेपाल सरकारको सहसचिव पदमा कार्यरत ५४ वर्षीय विश्वनाथ रेग्मी प्रोस्टेटग्लान्ड बढ्ने समस्याले पीडित भए । दोस्रो चरणमा नै पुगिसकेको भन्दै उनलाई चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए तर शल्यक्रियाको विकल्प खोजिरएका उनी आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुगे ।

उक्त केन्द्रका कृष्णप्रसाद पोखरेलको जडीबुटी औषधि खाएपछि आज उनलाई निकै राम्रो भएको छ । उनी भन्छन्, ‘पिसाबमा सङ्क्रमण हुने, ज्वरो आउने र बोल्नै नसक्ने अवस्थामा पुगेको थिएँ उहाँको औषधिले मलार्ई निकै राम्रो भएको छ ।’ नायब महालेखा परीक्षकका रुपमा कार्यरत रेग्मी भन्छन्, ‘उहाँले ४५ दिन औषधि खानुपर्छ भन्नुभएको छ, आज मैले २० औँ दिन औषधि खाइरहेको छु तर मलार्ई धेरै ठीक भएको छ, म पुरानै अवस्थामा पुगिसकेँजस्तो महसुस भएको छ ।’

भैरहवाकी ४३ वर्षीया मायाकुमारी पुनको पित्तथैली र कलेजोको बीचमा मासु पलाएको जानकारी नयाँबानेश्वरस्थित सिभिल अस्पतालले दियो । सो अस्पतालले त्यसलाई क्यान्सरको मध्य अवस्था भनेर समेत पहिचान ग¥यो ।

पित्तथैलीमा पानीको फोका देखिएको, कलेजो पनि खराब भई हेपटाइटिस् भइसकेकाले शल्यक्रिया गर्नु अत्यन्तै गम्भीर थियो । तत्कालै शल्यक्रिया गर्न आँट गरेन अस्पतालले । त्यसपछि उनी ललितपुरको महालक्ष्मी नगरपालिका–३ को लुभूमा रहेको आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुगे । सोही केन्द्रको औषधि सेवनपछि हाल उनलाई निको भएको छ ।

पुन भन्छन्, ‘जडीबुटी औषधि सेवन गरेपछि निको भएको छ । पछिल्लो ल्याब रिपोर्टले त्यो मासु हटिसकेको देखाएको छ । अस्पतालले पनि लगभग अब निको भयो भनेको छ ।’ उनले उक्त औषधि दुई महिनादेखि सेवन भने गरिरहेका छन् । अरु केही समय औषधि सेवन गर्नुपर्ने पोखरेल बताउँछन् ।

गोङ्गबु बस्दै आएकी बुटवलकी अर्की ६९ वर्षीया लक्ष्मी छन्त्यालको पाठेघरमा क्यान्सर भएपछि भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी सुरु गरियो । लामो समयसम्म थेरापी गराउँदा पनि निको हुने लक्षण नदेखिएपछि उनी २०७१ भदौ ७ गते सो अस्पतालबाट ‘डिस्चार्ज’ भई सोही आयुर्वेदिक उपचार केन्द्रमा औषधि सुरु गरिन् । हाल उनलाई धेरै ठीक भइसकेको छ । उनी भन्छिन्, ‘भक्तपुर अस्पतालमै पुनः परीक्षण गराएँ, धेरै निको भइसकेको पछिल्लो ल्याब रिपोर्टमा देखिएको छ । औषधि त सेवन गर्दैछु तर अब मलाई निको भएको महसुस भएको छ ।’

आयुर्वेदिक उपचार परामर्श केन्द्रमा उपचार गराउन आउने यस्ता बिरामीको भीड नै लाग्ने गर्छ । विशेषतः कलेजोमा देखिएका गम्भीर प्रकृतिका समस्या, आधुनिक उपचार पद्धतिले निको नहुने खालका विभिन्न प्रकारका हेपटाइटिस, कतिपय क्यान्सर, पिसाब नली एवम् पित्तथैलीका साथै यौनाङ्गमा हुने जटिलता, प्रोटेस्टो मेघाली तथा एचआइभी एड्सको समेत यहाँ आयुर्वेदिक उपचार हुँदै आएको छ ।

निजामती सेवाबाट सेवानिवृत गोरखा खरिबोट–९ का ६५ वर्षीय कृष्णप्रसाद पोखरेलले बुबा र हजुरबुबाको वैद्य पेसाबाट यो उपचार पद्धति सिकेका हुन् । मेरो कुनै औपचारिक अध्ययन होइन तर मेरा बाजे, हजुरबुबा र बुबाले परापूर्वकालदेखि नै गर्दै आएको पेसा र उनीहरुले नै मलार्ई सिकाएकाले मैले अहिले यस्ता धेरै रोगको उपचार गर्ने गरेको छु, उनी भन्छन् ।

विसं २०५६ देखि उनी यसैमा व्यस्त छन् । अस्पतालमा उचिार हुन नसकेका एचआइभी एड्सदेखि अरु कैयौँ रोगको सफल उपचार गरेपछि उनको बारेमा धेरै चिकित्सकबीच चर्चा चल्यो र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि अध्ययन ग¥यो । उनलाई परिषद्ले हाल प्रमुख अनुसन्धानकर्ताको रुपमा मनोनयन गरी अनुसन्धानको अनुमति दिएको छ ।

उनले जडीबुटीबाट उपचार गरी निको बनाएका प्रमाण विभिन्न अस्पतालका ल्याब रिपोर्टबाट प्राप्त भएपछि विशेषगरी कलेजो रोगका बारेमा उपचारका लागि अनुसन्धान गर्न गत फागुन ३ गते परिषद्ले उनलाई पत्र दिएको छ । उनलाई हेपटाइटिस बी, हेपटाइटिस सी र लिबर सिरोसिस्सम्बन्धी अनुसन्धानका लागि परिषद्ले अनुमति दिएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मातहतमा ती रोगको औषधि उनले बिरामीलाई सेवन गराउने, त्यसको खर्च परिषद्ले ब्यहोर्ने र उनले दिने औषधिको परिणामको रिपोर्ट समयसमयमा लिने गरी परिषद्को नीति नियमबोजिम अनुसन्धान गर्ने गरी प्रमुख अनुसन्धानदाताको रुपमा उनलाई परिषद्ले अनुमति दिएको छ । उनले औषधिको मात्रा, त्यसको विश्वासनीयताको मापन र ती औषधिको निर्माणसम्बन्धी अध्ययन परिषद् मातहतमा रही अनुसन्धान गर्नेछन् ।

उनको औषधिको स्रोत नेपालकै जडीबुटी हुन् । नेपालकै जडीबुटीबाट उनले गर्दै आएको उपचारको विश्वासनीयताको अध्ययनपछि नै उनलाई परिषद्ले यो अनुमति दिएको हो । उनले विसं २०५६ देखि आयुर्वेद उपचारको क्लिनिक खोलेर उपचार सुरु गरेका हुन् । ‘औषधि त म धेरै पहिलादेखि नै दिन्थेँ तर आयुर्वेद उपचारको क्लिनिक नै खोलेर सेवामा लागेको भने २०५६ सालदेखि नै हो’ उनले भने ।

यतिखेर उनको करिब १२ देशका विदेशीलाई उपचार गरी निको पारेको उनी बताउँछन् । नेपालका भने यी रोगका लगभग ६० भन्दा बढी जिल्लाका बिरामी यहाँ आएको उनको भनाइ छ ।

‘‘जडीबुटी उपचारमा हामीहरुलाई भन्दा विदेशीलाई बढी विश्वास र चाख छ’ उनी भन्छन् । स्वदेशी र विदेशी चिकित्सक एवम् यस्तो उपचारमा संलग्न विज्ञले औषधिको रहस्य एवम् जडीबुटीको बारेमा सोध्ने गरेको उनी बताउँछन् । वैकल्पिक चिकित्साको क्षेत्रमा काम गर्ने कैयौँ देशका विज्ञ एवम् विद्यार्थीले उनीसँग बसेर अनुसन्धान गरेका छन् भने उनले उपचार विधिको अध्ययन गरेका छन् ।

पोखरेल भन्छन्, मैले एचआइभी एड्स निको पारेका बिरामी नेपालका भन्दा विदेशी बढी छन् । धेरैजसो भारतीय छन् । तर उनीहरुले अहिले आफूलाई एड्स थियो भनेर भन्न चाहँदैनन् । अस्पतालपछि अन्तिम विकल्पका रुपमा आफूकहाँ आएका कैयौँ बिरामी औषधिपछि पुनः गरिएको मेडिकल ल्याबमा एचआइभी नेगेटिभ देखिएकाको सूची छ उनीसँग । उनले जडीबुटी प्रशोधन उद्योग पनि सञ्चालन गर्दै आएका छन् ।

उनको चितवनको रत्ननगरमा कान्तिपुर जडीबुटी प्रशोधन उद्योग छ । कतिपय औषधिको स्रोत आफ्नै उद्योगमा आउने जडीबुटी भए पनि अधिकांश जडीबुटी लिन भने आफैँ नै टाढाटाढा जानुपर्ने उनी बताउँछन् । लाखौँ रुपैयाँ अस्पतालमा खर्च गर्दा पनि निको नभएपछि अन्तिम विकल्पको रुपमा आफूकहाँ आउने र सानोतिनो जडीबुटीले नै निको भएको पाउँदा आफूलाई जीवनमा सबैभन्दा ठूलो आनन्द प्राप्त हुने उनी बताउँछन् ।

विज्ञापन दिएर हल्काफुल्का उपचारका लागि पैसा असुल्ने गरेका देखेकाले आफूले कहिल्यै यस्तो विज्ञापन नगर्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘उपचारमा आएका बिरामीकै एक अर्काको सम्पर्कबाट मसँग बिरामी आउने गरेका छन् ।’ हामीले हाम्रा अमूल्य जडीबुटी चिनेर पनि सदुपयोग गर्न नसक्दा हामी रोगी भएका मात्र छैनौँ कि हाम्रो यो अमूल्य सम्पदा गुन्दु्रकको भाउमा जडीबुटी उपचारका नाममा अहिले धेरै विकृति छन् । विज्ञापन दिएर हल्काफुल्का उपचारका लागि पैसा असुल्ने गरेका देखेकाले आफूले कहिल्यै यस्तो विज्ञापन नगर्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘उपचारमा आएका बिरामीकै एक अर्काको सम्पर्कबाट मसँग बिरामी आउने गरेका छन् ।’

हामीले हाम्रा अमूल्य जडीबुटी चिनेर पनि सदुपयोग गर्न नसक्दा हामी रोगी भएका मात्र छैनौँ कि हाम्रो यो अमूल्य सम्पदा गुन्दु्रकको भाउमा बाहिरिएको छ । तर हामी तिनै जडीबुटीबाट बनेका औषधि महँगोमा सेवन गर्न बाध्य भएका छौ’ उनी भन्छन् । यी सम्पदाको सदुपयोगका लागि सरकारसँग विशेष योजना चाहिने उनको धारणा छ । नेपालका जडीबुटीले निको नहुने कुनै रोग छैन तर त्यतातिर हामीले हाम्रो अनुसन्धानलाई केन्द्रित गर्न नसक्नु दुःखद् रहेको उनको भनाइ छ । Source-EverydayKhabar.com

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*