जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी) को  कार्यक्रम अन्तर्गत  नेपाल  विश्वका पाँच उत्कृष्ट,  सफल र अनुकरणीय कार्यक्रमको रुपमा छानिएको छ । जलवायू परिवर्तन न्यूनिकरणमा नेपालमा संचालित एनसीसीएसपीको प्रभावकरिता देखिएपछि विश्वको १ सय ७० देशमध्ये नेपाल पाचौं स्थानमा पर्न सफल भएको हो ।cop

एनसीसीएसपीले जलवायु परिवर्तनका कारण जोखिममा परेका समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा सहयोग गर्दै आइरहेको छ । गत महिना फ्रान्सको राजधानी पेरिसमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व सम्मेलन (कोप २१) मा जलवायु परिवर्तनका पक्ष राष्ट्रको महासन्धि (यूएनएफसीसीसी) को एनडब्लूपी अन्तर्गत जलवायु परिवर्तन सम्बोधन गर्न अनुकुलन सम्बन्धि कार्यक्रमहरु प्रस्तुत भएको थियो । नेपालको तर्फबाट उदाहरणीय कार्यक्रमको रुपमा नेपालले हाल सञ्चालन गरिरहेको “नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी)” को उदाहरण प्रस्तुत गरिएको जनसंख्या तथा वातावरण मन्त्रालयले बताएको छ ।

प्रस्तुतिकरण आयोजनाको राष्ट्रिय कार्यक्रम ब्यवस्थापक नरेश शर्माले जलवायु परिवर्तन विज्ञहरुको निर्णायक मण्डलले कार्यक्रमहरुको उद्देश्य र सञ्चालन प्रक्रियाका आधारमा विश्वका उत्कृष्ट पाँच अभ्यासहरुबाट नेपाल पाचौं स्थानमा छनोट भएको बताए । “जलवायू परिवर्तन कारण आर्थिक तथा सामाजिक असर न्यूनिकरण गर्न प्रभावकारी भूमिका देखिएपछि एनसीसीएफमा नेपाल पाचांै स्थानमा पर्न सफल भएको छ,” उनले भने ,“ यो नेपालको लागि गौरवको कुरा हो, आगामी दिनमा अझ कार्यक्रमलाई प्रभावरी रुपमा अगाडि बढाउने हौसला प्रदान भएको छ ।”
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास नियोग र युरोपियन यूनियनको आर्थिक सहयोग तथा संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको प्राविधिक सहयोगमा संचालित कार्यक्रम हो । यो कार्यक्रम नेपालको पश्चिम भूभागमा रहेका (बर्दिया, दाङ, रुकुम, रोल्पा, जाजरकोट, दैलेख, कालीकोट, मुगु, डोल्पा, जुम्ला, हुम्ला, बाजुरा, अछाम र कैलाली गरी) १४ जिल्लाका जलवायु परिवर्तनको दृष्टिले सम्बेदनशील ९० गाविस र ७ नगरपालीकाहरुमा संचालन भइरहेको छ । आर्थिक वर्ष २०७०/७१ देखि शुरु भएको कार्यक्रम चालु आर्थिक बर्ष २०७२÷७३ मा कार्यक्रम सनिे शर्माको भनाई छ ।

नेपालको राष्ट्रिय अनुकूलन कार्ययोजनालाई कार्यान्वयन गर्नका लागी यो कार्यक्रम सरकारको पहिलो कदमको रुपमा समेत परिचित रहेको उनको दाबी छ । शर्माको अनुसार यो कार्यक्रमले जलवायु परिवर्तनलाई नेपालको विकासको एजेण्डामा मूल प्रवाहिकरण गर्दै गरिबी न्यूनीकरण, आयआर्जनमा विविधीरकण र समुदायलाई समानुकूलन गर्ने कार्यमा टेवा पुर्याउने उद्देश्य लिएको छ । यस कार्यक्रम मार्फत आर्थिक वर्ष २०७०/७१ मा १४ जिल्लाका ६९ गाविस र एक नगरपालिका गरी कूल ७० वटा स्थानीय अनुकुलन कार्ययोजनाहरु (लापा) कार्यान्वयन सुुरु गरिएको थियो । कृषि, पशु सेवा र खाद्य सुरक्षा, बन तथा जैबिक विविधता, बैकल्पिक उर्जा, जलवायुजन्य प्रकोप तथा भौतिक संरचना, मानविय श्रोत, क्षमता विकास तथा जिविकोपार्जन, र मानव स्वास्थ्य गरी ६ वटा शिर्षक अन्तर्गत एनसीसीएफ संचालन भइरहेको छ ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*