नेपालमा पहिलोपटक हिमालयन हाइड्रो एक्स्पो हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान)ले यही पुष २१ देखि काठमाडौंमा एक्स्पो गर्ने भएको हो । एक्स्पोमा छिमेकी राष्ट्र भारत र चीनसँगै दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, स्विडेन, बेलायत, ब्राजिलका जलविद्युत कम्पनीको समेत सहभागिता रहने छ । आगामी २२ वर्षमा विद्युतको माग १८ हजार १ सय ३७ मेगावाट पुग्ने आंकडा सार्वजनिक गरेका समय आयोजना हुने एक्स्पोले थप मद्दत पुग्ने ईपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताउनुभयो । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी उहाँले काठमाडौंको भृकुटी मण्डपमा ३ दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरमा प्रयोग हुने उपकरण उत्पादक, सप्लायर्स, डिजाईनर्स र कन्सलट्यान्ट, बीमा कम्पनी, लगानीकर्ता र वित्तीय संस्था गरी १ सय वटा स्टल रहने जानकारी दिनुभयो । विश्वका बहुचर्चित कम्पनीको सहभागिता हुने भएकाले मेलाले जलविद्युतको बजार विस्तारका साथै अनुभव र प्रविधि आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको दावी छ । मेला अवधिमा हाइड्रोपावरको विकासमा सहयोग पुग्ने गरि विद्यार्थीहरुबीच नयाँ अवधारणाको प्रतिस्पर्धा गराई प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रोले २२ हजार २ सय २२ र तेस्रोले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने इपानले जनाएको छ । इपानका अनुसार एक्स्पोको संरक्षकमा उर्जा मन्त्रालय, राष्ट्रिय योजना आयोग र जनसंख्या तथा वातावरण मन्त्रालय रहेने छन् ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*