surya-bimochitनेपालको राजनीतिमा एमाले मात्रै साहसी दल भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटि ललितपुरले आयोजना गरेको शुभकामना आदानप्रदान र सूर्य त्रैमासिक बुलेटिन विमोचन समारोहमा बोल्दै ओलीले सबै साहसिक कामहरुको अगुवाई र नेतृत्व एमालेले गरेको बताउनुभएको छ । लोकमानसिंह कार्कीको सन्दर्भमा ओलीले यस्तो दावी गर्नुभएको हो । राजनीतिक स्थायित्व, विकास र अग्रगतिका लागि एमाले आवश्यक छ भन्ने कुरा विगतका कामले पनि देखाईसकिएको बताउँदै अध्यक्ष ओलीले लोकमान प्रकरणबाट एमाले साहसी दल भएको पुनपुष्टि भएको बताउनुभएको हो ।
नेकपा एमाले जिल्ला कमिटि ललितपुरको वैचारिक मुखपत्र सूर्य त्रैमासिकको पनि सोही अवसरमा विमोचन गरिएको थियो । प्रचार विभागले त्रैमासिक बुलेटिनको रुपमा सूर्य प्रकाशनको सुरु गरेको हो । मदन भण्डारी स्मृति भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरुलाई समेत सम्मान गर्दै अध्यक्ष ओलीले लामो समय भ्रममा नेपाली जनता रहन नसक्ने ठोकुवा गर्नुभएको छ । कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष तथा ३ नं प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले कुनै आयातीत संस्कार वा प्रभावमा नेपालीहरु नफस्ने बताउनुभएको छ । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य  रघु पन्त, केन्द्रीय सदस्य सुशिला नेपाल ललितपुर जिल्ला कमिटि अध्यक्ष हरिकृष्ण व्यञ्जनकार लगायतले शुभकामना संगै एमालेको अगुवाईमा संविधान कार्यान्वयनमा जोड दिनुभएको थियो ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*