चितवन
timthumb.phpजिल्लामा अहिले पर्याप्त मात्रामा डिएपी मल भित्रिएको छ ।
नारायणगढमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पर्याप्त मल आएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले किसानलाई चाहिनेजति मल उपलब्ध गराउन सकिने बताए ।
“कुल छ हजार १५२ बोरा (३०७.६ मेट्रिक टन) डिएपी मल मौज्दात छ, अझै आउने क्रम जारी छ,” उनले भने । दुई साता अघिसम्म जिल्लामा मलको अभाव थियो । साल्ट ट्रेडिङले असारको आजसम्ममा १२ हजार २६१ बोरा अर्थात् ६१३.०५ मेट्रिक टन मल बिक्री गरेको शाखा प्रमुख दाहालले जानकारी दिए ।
जिल्लामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मात्रै सहकारीलाई मल बिक्री गर्छ । व्यक्तिलाई मल बिक्री गर्न पाइँदैन । कृषि सामग्री कम्पनीका प्रमुख रवीन्द्र गौतमले यसअघि जेठमा ३ सय टन र असारमा अहिलेसम्म १ सय ७ टन मल वितरण गरिएको बताए । जिल्लामा कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० प्रतिशत मल वितरण गर्दै आएको छ । रासस

 

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*