विश्वनाथ खरेल

पर्यावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानका लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपरेको वातावरण गम्भीर रूपमा बिग्रिनु मानवीय व्यवहार हो भन्न सकिन्छ । मानवकै अज्ञानको कारणबाटै वन विनाश, भू–क्षय आदि हुने गरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । जनसंख्या वृद्धि, सवारीसाधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्याँसले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ । यसरी विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखापरी पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यो संसारका प्रत्येक व्यक्तिका लागि चिन्ताको विषय हो । यस्तो किसिमको विकराल समस्याका लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नु परेको छ ।

विश्वमा जनसंख्याको चाप गणितीय रूपमा वृद्धि भएको छ । तर जमिन भने एक इन्च पनि बढ्नेवाला छैन । तर, जमिन भने दिनहुँ घट्दो रूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूलाठूला महामारी र डरलाग्दा रोगहरूको उत्पत्ति भइराखेको वर्तमान परिवेशमा फोहोरमैलाको उचित र वैज्ञानिक रूपले विसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान भएको छ । मानव समाजले विज्ञानको चरमसीमामा पुगेर उल्लेखनीय उपलब्धि हासिल गरेको छ । सञ्चारको विकासले गर्दा आजभोलि मानिसहरू विश्वलाई ‘ग्लोबल भिलेज’ पनि भन्ने गर्दछन् । मानवले जतिजति उन्नति ग¥यो उतिउति समस्या र संकटहरू आइलागेका छन् । एकातिर सफलता उल्लेखनीय उपलब्धि हासिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवका लागि ठूलो संकट आइलागेको छ । मानिसले अन्धो भएर एकपक्षीय रूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यावरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातिको हितका लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तŒवहरू प्रदूषित भएका छन् ।

पृथ्वीको सिर्जना साढे चार अर्ब अघि भए पनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै २० लाख वर्ष जतिअघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यही प्रकृतिमै हुन्छ । त्यसैले एकअर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततिमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो । र यसको सम्बन्ध प्रकृतिसँग अरूको भन्दा गहिरो र व्यापक सम्बन्ध छ । आजको २१औं शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्या जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानवजातिलाई नै ठाडो चुनौती दिइरहेको छ ।

यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदूषित गराई यहा“ धेरै राष्ट्र कोलाहलपूर्ण परिवेशमा
बा“चेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रूपमा चिनिने कायरोमा प्रतिवर्ष ५ प्रतिशत मानिस बहिरा हुन पुग्छन् ।

तेस्रो विश्वका ८० प्रतिशत प्राणीले फोहोर बासस्थानमा जीवन बिताउन बाध्य भएका एकातिर छन् भने अर्कोतिर १ अर्ब ३० करोड प्राणी बासविहीन एवं जटिल अस्वस्थ पर्यावरणमा जीवन निर्वाह गरेका छन् । प्रदूषणकोे केन्द्र मानिएका विश्वका हरेक सहर तथा उद्योगधन्धाहरूलाई बर्सेनि १० करोडभन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदुषित गराई यहाँ धेरै राष्ट्रहरू कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रूपमा चिनिने कायरोमा प्रतिवर्ष पाँच प्रतिशत मानिस बहिरा हुन पुग्छन् । तसर्थ पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिने स्थिति ल्याक होल, अम्ल वर्षा, हिमाल पग्लन थाल्नुजस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तŒवहरूबारे अनुसन्धान हुन थाले । यी कुरालाई मध्यनजर गरी सन् १९९२ जुनमा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी शिखर सम्मेलन भयो । जसले मौसम परिवर्तनका कारक तŒवहरूको नियन्त्रण जैविक विविधताको संरक्षण र एजेन्डा २१ जस्ता महŒवपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि घोषणा ग¥यो । यस वर्षको मुख्य नारा ‘जीवजन्तुको गैरकानुनी व्यापारविरुद्ध शून्य सहनशीलता’ रहेको छ । यसमा वन्यजन्तुको अवैध चोरीसिकार तथा व्यापार मौलाउँदै गएको भन्दै विश्वभर यस विषयमा चिन्ता बढ्न थालेको छ । यसबाट जैविक विविधता नै खतरामा परेको भन्दै वन्यजन्तुको अवैध चोरी सिकारीलाई न्यूनीकरण गर्न यस्तो कदम चालिएको हो । मानवीय क्रियाकलापका कारण वातावरणमा परिरहेको असर न्यूनीकरणका लागि चेतना जगाउन यो दिवस निकै महŒवपूर्ण अवसर हो । विश्व वातावरण दिवसका अवसरमा वातावरण मन्त्रालयसहित सरकोकारवाला अन्य संघसंस्थाहरूको सहभागितामा जनचेतनामूलक कार्यक्रमहरू गरिँदै आएको छ । वातावरणको महŒव झल्काउँदै जिल्ला–जिल्लामा चेतनामूलक ¥याली पनि निकालिन्छ । वातावरणसम्बन्धी चित्रकलालगायत रचनात्मक क्रियाकलाप गरिन्छ । वातावरण दिवसका अवसरमा सहरी क्षेत्रमा साइकल ¥याली गरिन्छ । खाली जग्गाहरूमा वृक्षरोपण गरिन्छ । काठमाडौंमा प्रत्येक वर्ष बागमती सफाईलगायतका अभियानमुखी कार्यक्रम गरिँदै  आएको छ ।

निष्कर्षमा भन्नुपर्दा वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रम गरी विश्वभर वातावरण दिवस मनाइन्छ । हाम्रो देशमा पनि वातावरण संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रम गरिँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालमा सन् २००० देखि यो दिवस मनाउन थालिएको थियो । यसरी ५­१६ जून, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्नेमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्राप्त भयो । त्यसैअनुरूप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जुन १९७३ मा विश्वमा पहिलोपटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अंगीकार गरिएको थियो । यसै क्रममा विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमिन रूखविहीन भएका छन् । एउटा मनुष्यलाई प्राणवायुका लागि १२ वटा गोब्रे सल्लाका रूखहरूको आवश्यकता पर्दछ । त्यस्तै एक हुर्किएका सय वर्षका भोजपत्रले करिब आठ सय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्दछ ।

यस क्रममा एक स्वस्थ भोजपत्रका रूखले सात हजार जीवात्मालाई वासस्थान दिन्छ । त्यस्तै अनुसन्धानबाट थाहा भएको छ वायु मण्डलमा भएको करिी २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले श्वास क्रियामा प्रयोग गर्दछन् । एक व्यक्तिका लागि श्वास फेर्ने कार्यका लागि मात्र पनि ६ वटा रूखको जरुरत पर्दछ । एउटा स्वस्थ मानिस दिनको २२ सय चोटि सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महŒव खाएको भोजनको मात्राभन्दा झन्डै २० गुणा बढ्ता हुन्छ । एक वृक्षले सरदर २.७ केजी प्राणवायु वायुमण्डलमा प्mयाँक्छ । प्रतिवर्ष बिरुवाबाट ८० लाखदेखि २ करोड हेक्टर जंगलको विनाश, त्यसबाट लोप भएका १३० जातका जंगली चरा, स्तनधारी जन्तुहरू र १० प्रतिशत फूल फुल्ने जातका रूख बर्सेनि बग्दै गएको माटोको इतिहास, मरुभूमीकरण भएका ८० करोड हेक्टर भूमि र प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरा भूमि मरुभूमिकरण हुने तथ्यले केही वर्षभित्रमा वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्सा नै बदलिन सक्ने संकेत मिलेको छ भने अर्कोतिर सांसारिक सुखभोगलाई वर्तमानमा मात्र केन्द्रित नगरी हाम्रा भावी सन्ततिले समेत समान रूपमा जीवनयापन गर्ने अवसरलाई क्षीण पार्नु हँुदैन भन्ने कुरामा जोड दिइएको छ । अन्तमा के भन्न सकिन्छ भने भौतिक उन्नतिले क्रमशः उब्जाएका नकारात्मक पक्ष विचार गर्दा प्राकृतिक सन्तुलन बिग्रन गई मानव सभ्यताकै लोप हुने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलेको छ ।राजधानी दैनिकबाट

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*