पशुलाई मानिसले आफूखुशी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ ।

पशुपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, २०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टामात्र काममा लगाउन पाइने प्रावधान ल्याएको हो ।

त्यतिमात्र होइन, बृद्धावस्थामा पुगेका पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ ।

अधिकतम ८ घन्टासम्म काममा लगाउन पाइने व्यवस्था विश्वका अधिकांश मुलुकका श्रम ऐनले गरेको छ ।

पशुपंक्षीलाई काममा लगाउँदासमेत समयसीमाको व्यवस्था नेपालमा पहिलोपटक ल्याइएको हो ।

पुच्छर बटार्न नपाइने

पशुले काम गरिरहेका बेला मानिसले अक्स पुच्छर बटार्ने, चोटपटक लाग्ने गरी कुटपिट गर्ने गरेको देख्न पाइन्छ ।

तर निर्देशिकाले पुच्छर बटार्ने, भाँच्ने, अंगभंग गराउन नपाइने व्यवस्था गरेको छ । कोर्रा, चक्कु, बन्चरो, पासो, विद्युतीय करेन्ट, खुर्सानीको धुलोलगायतको प्रयोग गरी पीडा दिन नपाइने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

खसी पार्न पाइने
दर्तावाला पशु चिकित्सक वा अधिकारप्राप्त व्यक्तिले कानुनले तोकेबमोजिम वा स्वीकृत कार्यविधिअनुसार सिङ काट्न, खसी पार्न, खुर काट्न, स्वास्थ्य परीक्षण, शल्यचिकित्सा वा स्वास्थ्योपचार गर्न पाउने व्यवस्था गरिएको छ ।

पशुलाई के गर्ने, के नगर्ने
– प्रचण्ड गर्मी, चर्को घाम, अविरल वर्षा, आँधीबेहरी, असिना, हिमपात र बज्रपातजस्ता प्रतिकूल मौसममा काम नलगाउने
– दैनिक ८ घन्टाभन्दा बढी समय काममा नलगाउने
– हप्तामा एक दिन आराम दिने
(भाले र पोथी पशुलाई एकैसाथ नराख्ने
– धेरै जाडो र धेरै गर्मी आश्रयस्थलमा नराख्ने
– लामो समय भारी बोकाउनुपर्ने पशुलाई प्रत्येक ३ घन्टामा आहारा दिने
– शारीरिक तौलको ४० प्रतिशतभन्दा बढी भार बोकाउन नपाइने
– बूढो र गर्भवती पशुलाई कार्यबोझ कम गर्ने
– भारी बोकेर लरखराउने पशुलाई तुरुन्त काम गराउन रोक्ने र पुनः काम लगाउँदा साविकको भार घटाउने
– पशुलाई बाँध्ने दाम्लो, डोरीलगायत घाउ नलाग्ने र पीडा नहुने गरी तयार गर्ने
– वृद्धा अवस्थामा पुगेकालाई कामबाट निवृत्त गरी नियमित हेरचाह गर्ने ।

पशुलाई के गर्ने, के नगर्ने <
गर्नुपर्ने
– बूढो र गर्भवती पशुलाई कार्यबोझ कम गर्ने
– भारी बोकेर लरखराउने पशुलाई तुरुन्त काम गराउन रोक्ने र पुनः काम लगाउँदा साबिकको भार घटाउने
– बाँध्ने दाम्लो र डोरी घाउ नलाग्ने र पीडा नहुने गरी तयार गर्ने
– वृद्धा अवस्थामा पुगेकालाई कामबाट निवृत्त गरी नियमित हेरचाह गर्ने ।

गर्न नहुने
– चर्को गर्मी र घाम, अविरल वर्षा, आँधीबेहरी, असिना, हिमपातजस्ता प्रतिकूल मौसममा काममा नलगाउने
– दैनिक ८ घन्टाभन्दा बढी समय काममा नलगाउने
– हप्तामा एक दिन आराम दिने
– भाले र पोथी पशुलाई एकैसाथ नराख्ने
– धेरै जाडो र गर्मी हुने स्थानमा नराख्ने
– लामो समय भारी बोकाउनुपर्ने पशुलाई प्रत्येक ३ घन्टामा आहारा दिने
– शारीरिक तौलको ४० प्रतिशतभन्दा बढी भार बोकाउन नपाइने

-नयाँ पत्रिका दैनिकबाट

 

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*