timthumb.phpदिनहुँ सयौँ युवा रोजगारका लागि विदेशिएका बेला वालिङ नगरपालिका तथा थुमपोखराका पाँच जना युवाले बङ्गुरपालन व्यवसाय सञ्चालन गरेका छन्।
दुई वर्षअघिबाट उनीहरुले २७ लाखको लागतमा व्यवसाय सुरु गरेका हुन्। फार्ममा १३० बङ्गुरका माउ तथा पाठापाठी रहेका छन् । “हालसम्म ७० लाख बराबरको लगानी भएको छ,” फार्म सञ्चालक भीम लुइँटेलले भने – “मासिक दुई लाखसम्म आम्दानी हुने गरेको छ ।” यहाँ उत्पादन भएको मासु जिल्लामै खपत हुने गरेको उनको भनाइ छ।
व्यवसाय सञ्चालनका लागि जिल्ला पशुसेवा कार्यालयले खोर सुधार कार्यक्रमअन्तर्गत रु एक लाख अनुदान रकम सहयोग गरेको छ । फार्मले ल्यान्डरेस र ड्युरो जातका बङ्गुरको पाठापाठी तथा मासु बिक्री गर्दै आएको छ। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*