timthumb.phpमदनपोखरामा पहिलो पटक व्यावसायिक रुपमा अनारखेती गरिएको छ।
स्थानीय नरेन्द्र पाण्डेयले ३०० वटा बोट लगाएर व्यावसायिक रुपमा अनार खेती सुरु गरेका हुन्। भारतीय जातका मृदुला, सिन्दुरिया, गणेश, इजरायलको वन्डरफूल र अफगानिस्तानको कान्दारी जातका अनारका बिरुवा लगाइएको छ।
एक पटक लगाएपछि दशौँ वर्षसम्म आम्दानी गर्न सकिने भएकाले व्यावसायिक रुपमा अनार खेती सुरु गरेको उनको भनाइ छ। “अब बजारको समेत समस्या छैन,” पाण्डेयले भने। थाइल्यान्ड, इजरायल, भारतलगायत मुलुकको भ्रमणबाट अनारखेती गर्न प्रेरणा मिलेको र खेती गर्न आधुनिक प्रविधि अपनाएको उनी बताउँछन्।
अनारखेतीको प्रमुख समस्या गभारोबाट जोगाउनु हो । मदनपोखराका किसानले कीटनाशक विषादीको प्रयोग नगरी जालीभित्र उत्पादन गर्ने गरेका छन् । दुई वर्षअघि ३५ लाखको लागतमा सुरु गरिएको अनार खेतीबाट यस वर्ष उत्पादन भइसकेको र प्रतिकिलो रु २०० मा बिक्री गरिरहेको पाण्डेले बताए।
आधुनिक प्रविधि अपनाउन सके एक बोटबाट वर्षको दुई पटक २० किलोसम्म अनार फलाउन सकिने कृषि विज्ञको भनाइ छ । विदेशबाट आयात गरिने अनारमा विषादी प्रयोग गरिएको र यसको प्रयोगबाट स्वास्थ्यमा असर पुर्याउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइराला बताउँछन्। मदनपोखरामा व्यावसायिक रुपबाट गरिएको अनारखेतीको सफलताबाट अरु जिल्लाका कृषक पनि आकर्षित भएका उनले बताए। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*