timthumb-phpआव २०७२/७३ मा एक हजार २६० हेक्टर क्षेत्रफलमा जिल्लामा १४ हजार १९७ मेट्रिक टन अदुवा उत्पादन भएको छ।
आव २०७१/७२ मा एक हजार २६२ हेक्टर क्षेत्रफलमा १४ हजार ८५३ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले जानकारी दिए। जिल्लाका खानीगाउँ, बराङ्दी, पालुङमैनादी, फेक, सिलुवा र भैरवस्थान अदुवाका लागि मुख्य पकेट क्षेत्र मानिन्छन्।
अदुवालाई यहाँका किसानले आयआर्जन गर्ने बालीका रुपमा लिएका छन्। जिल्लामा उत्पादित तीन हजार ७५२ मेट्रिक टन अदुवा भारतलगायत अन्य मुलुकमा निर्यात हुने गर्दछ । अहिले बजारमा अदुवा प्रतिकिलो ८० देखि १०० रुपैयाँमा बिक्री भइरहेको छ।
अदुवाबाट सुठो, तेल, मसला, विभिन्न किसिमका सेन्ट, अचार बनाउन सकिन्छ। अदुवा उत्पादन तथा बजार प्रवद्र्धनमा पाल्पा अग्रणी जिल्लाका रुपमा चिनिन्छ। अदुवा बाली आयआर्जनमा टेवा पु¥याउने बाली भएकाले एक जिल्ला एक उत्पादन नीति ल्याई उत्पादन, प्रशोधन र बजारीकरण एकीकृत रुपमा लैजानुपर्ने आवश्यकता रहेको वरिष्ठ कृषि विकास अधिकृत कोइरालाको भनाइ छ। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*