रानीपोखरी पुर्ननिर्माणको विषयमा पुरातत्व विभागले महानगरका अधिकारीसँग आज थप छलफल गर्ने भएको छ । अपरान्ह महानगरका सम्बन्धित अधिकारीलाई बोलाएर यो विषयमा छलफल गर्ने तयारी भएको विभागका प्रमुख भेषनारायण दाहालले जानकारी दिनुभयो । रानीपोखरी पूनर्निर्माणको बिषयलाई लिएर महानगरपालिकामा विवाद देखिएपछि विभागले थप छलफल गर्न लागेको हो । रानीपोखरीको पुनर्निर्माण मापदण्डविपरित भइरहेको स्वीकार गर्दै यो विषयमा समन्वय र थप छलफल गरेर मात्रै निर्माण कार्यलाई निरन्तरता दिने विभागका प्रमुख दाहालले बताउनुभयो । रानीपोखरीको पुनर्निर्माणमा कंक्रिटको प्रयोग भएको हो वा होइन र त्यसको आवश्यता छ वा छैन भन्नेबारे समेत थप अध्ययन गरेर ठोस निर्णय गर्ने दाहालको भनाई थियो ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*