एउटा बाली भित्राएपछि सोही ठाउँबाट अर्को बाली पकाउन कम्तीमा पनि महिना कुर्नुपर्छ । इलामको सुलुबुङस्थित तालगाउँका किसानले अलैँची टिपिनसक्दै माचमा लटरम्म फलेको उस्तै कमाइ हुने किवी उत्पादन लिन थालेका छन् ।
तालगाउँका किसान डिल्लीराम खतिवडा माचमा ‘गाँड’ लागेर फलेको किवी स्याहार्दै थिए । अन्य फलफूलभन्दा राम्रो भाउमा बिक्री हुने किवी अहिले इलाम र झापाका बजारमा बिक्री हुन थालेको छ ।
मौसमले राम्रो साथ दिएकाले किवी उत्kiwiपादन यो वर्ष बढेको किसान बताउँछन् । ‘योपटक राम्रो फल्यो,’ बारीमै भेटिएका डिल्लीराम खतिवडाले भने, ‘रहरलाग्दो फलेको छ ।’
एउटै बोटमा सय किलोभन्दा बढी
खतिवडाले एउटै बोटामा सय किलोभन्दा बढी किवी फलाएका छन् । करेसाबारी नै मासेर किवी खेती गरेका खतिवडाले यो वर्ष किवी बिक्रीबाट मनग्य आम्दानी लिने बताए । करिब एक दशकअघिदेखि इलाममा खेती थालिएको किवी एक गाउँ एक उत्पादनमा परेपछि किसानले विस्तार गर्दै छन् ।
इलामभर विस्तार हुँदै किवीखेती
१० वर्षअघि सुरु भएको किवीखेती जिल्लाभरि विस्तार भइसकेको छ । पाँच वर्षअघिसम्म नयाँ फल भनिने किवी अहिले धेरैको जिब्रोमा झुन्डिइसकेको छ । यो वर्ष इलाममा मात्रै दुई लाख किलोभन्दा बढी किवी उत्पादन हुने अनुमान गरिएको छ ।kiwi-2
पूर्वाञ्चलमा पाँच लाख किलो उत्पादन हुने
पूर्वाञ्चलमा मात्रै पाँच लाख किलो किवी उत्पादन हुने किवीका अगुवा किसान तारामणि खतिवडाले बताए । महँगो मूल्य भएकाले स्थानीय बजारमा कम खपत हुने किवीको स्थानीयस्तरमा उपभोग बढाउन यो वर्षदेखि किवीको मूल्यसमेत निर्धारण गरिएको छ ।
ग्रेडअनुसार अन्य फलफूलहरू स्याउ–सुन्तलाकै भाउमा यो वर्ष किवी कारोबार हुने खतिवडाले बताए । कृषि विकास कार्यालयको तथ्यांकअनुसार किवी इलाममा सबैभन्दा बढी आम्दानी हुने १० बालीमा पर्न थालेको छ ।
गत वर्ष १३५ मेटन उत्पादन
गएको आर्थिक वर्षमा इलाममा एक सय ३५ मेट्रिकटन किवी उत्पादन भएको थियो । त्यसमध्ये एक सय २७ मेट्रिकटन किवी जिल्लाबाहिर निर्यात भएको छ । किवी फलको बिक्रीबाट किसानले ३ करोड १६ लाख ४० हजार रुपैयाँ आम्दानी हात पारेका छन् । बिरुवा बिक्रीबाट इलामलाई ६२ लाख ५० हजार रुपैयाँ आम्दानी भएको थियो ।
८० हेक्टरमा खेतीkiwi-4
करिब ८० हेक्टरमा खेती भइरहेको किवी खेतीको विस्तार भइरहेको छ । रोपेको तीन वर्षदेखि २५ वर्षसम्म फल्ने भएकाले यसको विस्तारमा किसान लागेका हुन् । किवीको माचमुनि चिया, अलैँची, कुरिलो, चिराइतोलगायत अन्य नगदे तथा जडीबुटीजस्ता बाली पनि लगाउन सकिने भएपछि किसानले अन्य खेती पनि गर्दै आएका छन् ।
बहुबाली गर्दै किसान
किवी खेतीका लागि पाँचदेखि ६ दशमलव आठ अम्लीयपना भएको प्रांगारिक मलसहितको उर्वर जग्गा चाहिन्छ । आठ सयदेखि २९ सय मिटरसम्मको उचाइमा यसको खेती गर्न सकिन्छ । नेपालमा ८० प्रतिशत फलफूल विदेशबाट आयात गरिन्छ । त्यसमा किवी पनि धेरै आयात हुन्छ । नेपालको ४० जिल्लामा यसको खेती सुरु भइसकेको छ ।
एक रोपनीमा ५० बोट रोप्न सकिने
किवी जापानको स्थानीय फल हो । एक रोपनी जग्गामा नै ५० बोट किवी रोप्न सकिन्छ । औषधीय गुण भएकाले पनि यसको उपभोग बढ्दै गएको व्यवसायी बताउँछन् । अहिले किवीको अचारदेखि जुस, जेली, जाम बनाउन थालिएको छ । किवीका अन्य परिकारको पनि बजारमा माग बढ्दै गएको व्यवसायीको भनाइ छ ।
नयाँ पत्रिकामा ख्याम भुजेलले लेखेका छन्
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*