ललितपुर । माओवादी नाम राखेका विभिन्न राजनीतिक दलहरुले फागुन १ गते जनयुद्ध दिवसका नाममा क्रान्तिकारी कुरा गर्दै गर्दा धापाखेलको आफ्नै तरकारी बगानमा जनयुद्ध दिवस मनाउँदै दिए पूर्व लडाकु  रेखा बाँस्तोला । आफ्नो देशको मात्रै नभएर संसारकै सर्वहारा वर्गको उत्थानको नारा बोकेर जनयुद्धमा होमीएकी रेखाले गोलभोडाको बिउ रोपेर जनयुद्ध दिवस मनाएकी छन् ।
उत्पादनबाटै आत्मनिर्भर र आत्मनिर्भरताबाट देशको स्वाधीनता देखेकी र बुझेकी रेखाले फागुन १ गते २२ औ जनयुद्ध दिवसका अवसरमा ललितपुको धापाखेलस्थित नागदहमा रहेको मौसमी ऋतु कृषि उद्योगमा टमाटरको बिउ रोपेर जनयुद्ध दिवस मनाएको भन्दै सामाजिक संजालमा फोटोसहितको स्टाटस अपडेट गरेकी छन् ।
उत्पादनबाटै देशको समृद्धि देखेकी अनि बुझेकी वास्तोलाले लेखेकी छन्, “महान जनयुद्ध दिवस मेरो आस्था र गौरबको दिनबाट हाम्रो व्यवसाय गोलभेडाको बेर्ना राखेर शूभारम्भ गरे।

भाषण सुन्न गइन, श्रम र श्रृजनालाई आधार बनाएर मात्र जनयुद्धको सम्मान हुने संकल्पकमा साथ २०५८ सालदेखि जनयुद्धमा सक्रिय रहेकी वास्तोलाले जनयुद्धकै क्रममा २०६० सालमा आफ्ना श्रीमान भिम गिरीलाई गुमाएकी थिईन् । जनसेनाको कमाण्डर रहेका गिरीलाई तत्कालिन नेपाली सेनाले अपहरण गरेर वेपत्ता बनाएको थियो । अन्य द्धन्द्धपीडितले जस्ते रेखाले पनि अहिलेसम्म आफ्नो श्रीमानको सास वा लास केही पाउन सकेकी छैनन् ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*